शुक्रबार, कात्तिक २ गते २०८१    
images
images

'जीएमई पे' को अनुमति खारेज

images
बिजनेस न्युज
बिजनेस न्युज
मंगलबार, कात्तिक १६ २०७८
images
images
'जीएमई पे' को अनुमति खारेज

नेपाल राष्ट्र बैंकले  जीएमई पे प्रालिको अनुमतिपत्र खारेज गरेको छ। राष्ट्र बैंकले उक्त कम्पनीलाई २२ असोज २०७७ मा वालेट सञ्चालनको लागि अनुमति दिएको थियो।

images
images

काठमाडौं- नेपाल राष्ट्र बैंकले  जीएमई पे प्रालिको अनुमतिपत्र खारेज गरेको छ। राष्ट्र बैंकले उक्त कम्पनीलाई २२ असोज २०७७ मा वालेट सञ्चालनको लागि अनुमति दिएको थियो।

images
images
images

अनुमति लिएपनि भुक्तानी सेवा प्रदायकले तोकिएको समयमा सञ्चालन नगरेका कारण अनुमति खारेज गरेको राष्ट्र बैंकले जनाएको छ। 

वालेटले भुक्तानी तथा फछ्र्यौट विननियमावली २०७७ को विनियम ३५ को उपविनियम १ (क) को व्यवस्था पालना नगरेकोले यसको अनुमति खारेज गरेको उल्लेख छ। यो व्यस्था अनुसार वालेटहरूले अनुमतिपत्र प्राप्त गरेको मितिले ६  महिनाभित्र सेवा सञ्चालन गर्नुपर्ने व्यवथा छ। 

images

उक्त व्यवस्था यो वालेटले पालना नगरेको उल्लेख छ। अनुमति पाएको ६ महिनाभित्र सेवा सञ्चालन नगरेका वालेटको अनुमतिपत्र स्वतः खारेज हुने व्यवस्था उक्त विनियमावलीमा छ। नेपाल राष्ट्र बैंकले हालसम्म २८ वटा वालेटहरूलाई सञ्चालन अनुमति दिएको छ। 

images


प्रकाशित : मंगलबार, कात्तिक १६ २०७८१२:३३
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2024 All right reserved to biznessnews.com  | Site By : SobizTrend