शुक्रबार, असोज ४ गते २०८१    
images
images

छुटसम्बन्धी विवरण नबुझाउने अस्पतालको प्रशासन बन्द गराउने मेयर बालेनको चेतावनी

images
बुधबार, जेठ १७ २०८०
images
images
छुटसम्बन्धी विवरण नबुझाउने अस्पतालको प्रशासन बन्द गराउने मेयर बालेनको चेतावनी

विद्यमान कानूनअनुसार नागरिकले पाउने स्वास्थ्यसम्बन्धी छुट सुविधाहरु उपलब्ध गराउने जिम्मेवारी स्वास्थ्य संस्थाबाट कार्यान्वयन हुनुपर्ने काठमाडौं महानगर प्रमुख बालेन साहको भनाइ छ।

images
images

काठमाडौं- काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साह 'बालेन' ले छुटसम्बन्धी विवरण अस्पतालहरुको प्रशासन बन्द गराउने चेतावनी दिएका छन्। 

images
images
images

मंगलबार स्वास्थ्य तथा जनसंख्या मन्त्री मोहनबहादुर बस्नेतसँग भेट गरेर मेयर साहले स्वास्थ्य उपचारमा उपलब्ध गराउनुपर्ने छुट सम्बन्धी व्यवस्था कार्यान्वयन गराउन ध्यानाकर्षण गराउँदै ७ दिनभित्र स्वास्थ्य संस्थाहरु कानूनी दायरामा नआए प्रशासन बन्द गराउने चेतावनी दिएका हुन्।

‘काठमाडौं महानगरपालिकाले छुट सुविधासम्बन्धी विवरण माग गर्दा उपलब्ध नगराउने ६८ स्वास्थ्य संस्थाहरुको संलग्न विवरण अनुसार नियमन र कारबाही गर्न तथा कानूनले तोकेबमोजिम सुविधा उपलब्ध गराउने व्यवस्था कार्यान्वयन गराउन अनुरोध गरिएको हो’, महानगर प्रमुख साहले भनेका छन्, '७ दिनभित्र पनि अस्पतालहरु कानूनी दायरामा नआए महानगरपालिका अस्पताल प्रशासन बन्द गर्न बाध्य हुनेछौँ।'

स्वास्थ्यमा सर्वसाधारणको सर्वसुलभ पहुँच हुनुपर्ने उनको भनाइ छ। 'नेपालको संविधान र प्रचलित कानूनले प्रत्याभूत गरेको आधारभूत स्वास्थ्य सम्बन्धी मौलिक हक कार्यान्वयन गर्ने दायित्व तीन तहका सरकारको साझा दायित्व हो', उनले भने, ' स्वास्थ्यमा सर्वसाधारणको सर्वसुलभ पहुँच अभिवृद्धि हुनुपर्छ। यस्तो स्वास्थ्य सेवा उपलब्ध गराउने र विद्यमान कानूनअनुसार नागरिकले पाउने स्वास्थ्य सम्बन्धी छुट सुविधाहरु उपलब्ध गराउने जिम्मेवारी स्वास्थ्य संस्थाबाट कार्यान्वयन हुनुपर्छ।’

images

महानगरले लक्षित वर्गलाई उपलब्ध गराइएको छुट सम्बन्धी विवरण उपलब्ध गराउन महानगरले ज्येष्ठ ६ गते सार्वजनिक सूचनामार्फत स्वास्थ्य संस्थाहरुलाई अनुरोध गरेको थियो। 

स्वास्थ्य संस्था सञ्चालन मापदण्ड २०७७, परिच्छेद २४ दफा ७० (घ) मा अस्पतालमा उपचारका लागि आउने विपन्न, असहाय, बेवारिसे बिरामीका लागि कुल शय्याको दश प्रतिशत छुट्याएर निःशुल्क उपचार गर्नुपर्ने अनिवार्य व्यवस्था छ।

महानगरले आफ्नो क्षेत्रभित्र रहेका स्वास्थ्य संस्थाहरुलाई यसबमोजिम सेवा उपलब्ध गराएको विवरण अस्पतालमा टाँस गर्न र प्रत्येक महिनाको १० गतेभित्र महानगरमा पठाउन आग्रह गरेको हो। यससँगै सेवाग्राहीमैत्री सेवा प्रवाह गर्न, स्वास्थ्य संस्थाहरूमा कार्यरत स्वास्थ्यकर्मी र अन्य कर्मचारीहरूको प्रचलित कानूनले तोकेको न्यूनतम पारिश्रमिक उपलब्ध गराउन, स्वास्थ्यजन्य फोहोरमैला व्यवस्थापन गर्न पनि आग्रह गरिएको छ। 


प्रकाशित : बुधबार, जेठ १७ २०८००५:१०

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2024 All right reserved to biznessnews.com  | Site By : SobizTrend