शनिबार, साउन १२ गते २०८१    
images
images
images

प्रधानमन्त्रीको भारत भ्रमणमा रक्सौल-वीरगञ्ज-सिमरा नाकाको वैकल्पिक सम्भाव्यताबारे छलफल हुने, यस्ता छन् अन्य एजेण्डा

images
मंगलबार, जेठ १६ २०८०
images
images
प्रधानमन्त्रीको भारत भ्रमणमा रक्सौल-वीरगञ्ज-सिमरा नाकाको वैकल्पिक सम्भाव्यताबारे छलफल हुने, यस्ता छन् अन्य एजेण्डा

महाकाली नदीमा नेपाल र भारत जोड्ने मोटरेबल पुल तथा केही झोलुंगे पुल निर्माणका बारेमा पनि सहमति हुने बताइएको छ।

images

काठमाडौं- प्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड' जेठ १७ गते (भोलि) देखि चारदिने भारत भ्रमणमा जाँदैछन्।

images
images

भारत भ्रमणका क्रममा रक्सौल-वीरगञ्ज-सिमरा नाकाको वैकल्पिक सम्भाव्यताबारे छलफल हुने बताइएको छ। 

images

नेपालगञ्ज (रुपैडिया), भैरहवा (सुनौली) र विराटनगर (जोगबनी) लगायत अरू नाका पनि चलायमान बनाउने बारेमा छलफल भइरहेको परराष्ट्रमन्त्री नारायणप्रसाद (एनपी) साउदले जानकारी दिए।

मंगलबार सिंहदरबारमा पत्रकार सम्मेलन गर्दै मन्त्री साउदले नेपालको सुदूरपश्चिम प्रदेश र भारतको उत्तराखण्ड जोड्नका लागि पक्की पुल निर्माणका बारेमा पनि उक्त भ्रमण क्रममा छलफल हुने उल्लेख गरे।

images

भारत भ्रमणका क्रममा विद्युत् व्यापार, प्रसारण लाइन निर्माण, एकीकृत जाँच चौकीको उद्घाटनलगायत कार्यसूची तय भए पनि थप केही विषयमा छलफल जारी रहेको मन्त्री साउदले जानकारी दिए। 

भ्रमणका क्रममा नेपालको ऊर्जा तथा जलविद्युतको क्षेत्रमा भारतीय लगानीको प्रवर्द्धन गर्ने, व्यापार तथा पारवहन एवं हवाई मार्गका बारेमा महत्त्वपूर्ण विचार विमर्श हुनेछ। महाकाली नदीमा नेपाल र भारत जोड्ने मोटरेबल पुल तथा केही झोलुंगे पुल निर्माणका बारेमा पनि सहमति हुने बताइएको छ।

मन्त्री साउदका अनुसार नेपाल र भारतका बीचमा रहेको व्यापार घाटालाई कम गर्ने तथा कृषि उपजलाई विना अवरोध भारतीय बजारमा प्रवेश गराउने विषयमा पनि महत्त्वपूर्ण सहमति गर्ने तयारी छ। उद्योगी व्यवसायीका बीचमा रहेका समस्या समाधानका लागि प्रधानमन्त्रीको उपस्थितिमा अन्तरक्रिया एवं छलफल गर्ने कार्यक्रम पनि तय भएको छ।

नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै प्रधानमन्त्री दाहाल बुधबार दिउँसो भारतको राजधानी नयाँ दिल्ली प्रस्थान गर्ने कार्यक्रम छ।जेठ १८ मा दराबाद हाउसमा भारतीय समकक्षी नरेन्द्र मोदी र प्रधानमन्त्री दाहालबीच भेटवार्ता हुने तय भएको छ। 

प्रम दाहालले त्यहाँ प्रतिनिधिमण्डलस्तरीय वार्ता गर्नेछन्। वार्तापछि संयुक्त पत्रकार सम्मेलन पनि हुनेछ। भारतीय प्रम मोदीको औपचारिक निम्तोमा भारत जान लागेका प्रधानमन्त्री दाहालले त्यहाँ भारतीय राष्ट्रपति द्रौपदी मूर्मू र उपराष्ट्रपति जयदीप धनखडसँग शिष्टाचार भेट गर्ने कार्यक्रम पनि तय भएको परराष्ट्र मन्त्रालयले जनाएको छ। मोदीले प्रधानमन्त्री दाहाल र नेपाली प्रतिनिधिमण्डलको सम्मानमा दिवाभोजको समेत आयोजना गर्ने कार्यक्रम पनि छ।

प्रधानमन्त्री दाहाल नेपाल फर्किनुअघि मध्य प्रदेशको इन्दोर र उज्जैन भ्रमण पनि गर्नेछन्। उद्योग वाणिज्य महासंघ र भारतीय उद्योग परिसंघले नयाँ दिल्लीमा आयोजना गरेको नेपाल-भारत व्यापार समिटमा पनि प्रधानमन्त्री प्रचण्डले सम्बोधन गर्ने पनि तय भएको परराष्ट्र मन्त्रालयले जानकारी दिएको छ। त्यहाँ दुई देशका व्यापारीहरूसँग पनि छलफल गर्ने तयारी छ।

परराष्ट्र मन्त्रालयका अनुसार प्रम दाहालले भारतका लागि नेपाली राजदूत शंकरप्रसाद शर्माको आयोजनामा भारतमा रहेका नेपाली समुदायसँग पनि छलफल गर्ने कार्यक्रम छ।

मन्त्रालयका अनुसार प्रधानमन्त्री दाहालको भ्रमण टोलीमा स्वकीय सचिवसमेत रहेकी छोरी गंगा दाहाल, मन्त्रीहरू, सचिवहरू र नेपाल सरकारका उच्च अधिकारीहरू सम्मिलित हुनेछन्। जेठ २० गते प्रम दाहालसहित भ्रमण टोली काठमाडौं फर्किनेछन्।  


प्रकाशित : मंगलबार, जेठ १६ २०८०१२:५३

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2024 All right reserved to biznessnews.com  | Site By : SobizTrend