शुक्रबार, वैशाख २६ गते २०८२    
शुक्रबार, वैशाख २६ २०८२
images
images

पूर्व अधिकृतविरुद्ध अख्तियारले हाल्यो साढे ४ करोडको भ्रष्टाचार मुद्दा

images
मंगलबार, जेठ १६ २०८०
images
पूर्व अधिकृतविरुद्ध अख्तियारले हाल्यो साढे ४ करोडको भ्रष्टाचार मुद्दा

गुणस्तर तथा नापतौल कार्यालय, वीरगञ्जका पूर्ववरिष्ठ निरीक्षक शशीभुषण कुमार यादवविरुद्ध साढे ४ करोडको भ्रष्टाचार मुद्दा दायर भएको छ। 

images
images

काठमाडौं- गुणस्तर तथा नापतौल कार्यालय, वीरगञ्जका पूर्ववरिष्ठ निरीक्षक शशीभुषण कुमार यादवविरुद्ध साढे ४ करोडको भ्रष्टाचार मुद्दा दायर भएको छ। 

images
images
images

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मंगलबार यादवविरुद्ध विशेष अदालत काठमाडौंमा साढे ४ करोड रुपैयाँ भ्रष्टाचार गरेको आरोपमा मुद्दा दायर गरेको हो।

images
images

अनुसन्धानका क्रममा यादवले भ्रष्टाचार गरेको पुष्टि भएपछि गैरकानूनी सम्पत्ति आर्जन गरेको कसुरमा अख्तियारले ४ करोड ४७ लाख ३४ हजार २ सय १२ रुपैयाँ बिगो र त्यति नै जरिवाना तथा कैदसजाय मागदाबीसहित मुद्दा दायर गरेको हो। 

images
images

सार्वजनिक पदमा रहँदा अख्तियार दुरुपयोग गरी यादवले गैरकानूनी सम्पत्ति आर्जन गरेको अख्तियारले अदालतमा दायर गरेको आरोपपत्रमा उल्लेख छ। यादवले गैरकानूनी रूपमा सम्पत्ति आर्जन गरेको सम्पत्तिबाट श्रीमती रीता रानी, छोराहरु विकास यादव र अविनास यादवको नाममा जग्गा खरिद गरेको, घर निर्माण गरेको र बैंक मौज्दात राखेको पाइएको अख्तियारको भनाइ छ।


प्रकाशित : मंगलबार, जेठ १६ २०८०१०:५२

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend