मंगलबार, असार ३० गते २०८३    
मंगलबार, असार ३० २०८३

बजेटपछि पनि सेयर बजारमा देखिएन सुधार, ५३ अंकको गिरावट

मंगलबार, जेठ १६ २०८०
बजेटपछि पनि सेयर बजारमा देखिएन सुधार, ५३ अंकको गिरावट

काठमाडौं- अघिल्लो साता निरन्तर सुधारतर्फ देखिएको सेयर बजार यो साताको दोस्रो कारोबारमा पनि ओरालो लागेको छ। 

बजेटपछि सुधारतर्फ लाग्ने अपेक्षा गरिएको सेयर बजारमा बजेटको भोलिपल्ट नै भारी गिरावट देखिएको छ। सेयर बजारको समस्यालाई बजेटले सम्बोधन गर्न नसक्दा बजारमा गिरावट देखिएको हो। कारोबार रकम भने बढेको छ। मंगलबार ५३.१६ अंकले घटेर १८८८.६१ बिन्दुमा पुगेको बजारमा दुई अर्ब ३४ करोड १७ लाख ७७ हजार रूपैयाँको कारोबार भएको छ। 

मंगलबार ९ कम्पनीको सेयर मूल्य बढेको बजारमा २०७ कम्पनीको सेयर मूल्य घटेको छ भने ३ कम्पनीको स्थिर छ। 

साताको पहिलो कारोबारमा आइतबार १७.३८ अंकले घटेर बजार १९४१.७४ बिन्दुमा झर्दा २ अर्ब ६३ करोड ९६ लाख ५९ हजार रूपैयाँको कारोबार भएको थियो।

गएको साता आइतबार ५.८८ अंकले बढेको बजार सोमबार ८.१० अंकले बढेको थियो। मंगलबार ५१.३१ अंकले बढेको बजार अन्तिम कारोबारमा बुधबार १६.४९ अंकले बढेर १९५९.१६ बिन्दुमा पुगेको थियो। गएको सातामात्र समग्रमा बजार ८१.७८ अंकले बढेको थियो। 

सरकारले आर्थिक वर्ष २०८०/८१ को बजेट सार्वजनिक गरेको छ। सरकारले सोमबार आगामी आवका लागि १७ खर्ब ५१ अर्ब ७८ करोड रूपैयाँको बजेट ल्याएको हो। निरन्तर सुधारतर्फ देखिएको बजार बजेटलगत्तै पुन: ओरालो लागेको हो। सरकारको अपेक्षित साथ नपाउँदा बजारमा निरन्तर उतारचढाव देखिएको छ। 


प्रकाशित : मंगलबार, जेठ १६ २०८००९:२५

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend