शुक्रबार, कात्तिक २ गते २०८१    
images
images

७ दिनमा २ अर्ब घट्यो वाणिज्य बैंकहरूको निक्षेप

images
मंगलबार, कात्तिक १६ २०७८
images
images
७ दिनमा २ अर्ब घट्यो वाणिज्य बैंकहरूको निक्षेप
images
images

काठमाडौं- कात्तिकको दोस्रो साता वाणिज्य बैंकहरूको निक्षेप घटेको छ भने कर्जा लगानी बढेको छ। नेपाल बैंकर्स एसोसिएसन (एनबीए) ले दिएको तथ्यांकअनुसार कात्तिक ६ गतेदेखि कात्तिक १२ गतेसम्मको सार्वजनिक गरेको तथ्यांकबाट यस्तो देखिएको हो। कात्तिकको दोस्रो साता निक्षेप २ अर्ब रुपैयाँले घटेको छ। 

images
images
images

यो सँगै कुल निक्षेप ४२ खर्ब ४७ अर्ब रुपैयाँमा झरेको छ। यसअघि गत कात्तिक ५ गतेसम्म कुल निक्षेप ४२ खर्ब ४९ अर्ब रुपैयाँ रहेको थियो। असोज ३१ यता मात्रै बैंकहरूको निक्षेप २० अर्ब रुपैयाँले घटेको थियो। 

कात्तिकको दोस्रो साता वाणिज्य बैंकहरूबाट थप २० अर्ब रुपैयाँ कर्जा लगानी भएको छ। योसँगै कात्तिक १२ गतेसम्म बैंकहरूको कुल कर्जा लगानी ४० खर्ब १८ अर्ब रुपैयाँ पुगेको छ। 

images

कात्तिकको पहिलो साता भने बैंकहरूको कर्जा लगानी स्थिर रहेको थियो। कात्तिक ५ गतेसम्म बैंकहरूको कुल कर्जा लगानी ३९ खर्ब ९८ अर्ब रुपैयाँ रहेको थियो।

images


प्रकाशित : मंगलबार, कात्तिक १६ २०७८११:५९

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2024 All right reserved to biznessnews.com  | Site By : SobizTrend