काठमाडौं- सरकारले आगामी आवको बजेटसँग ल्याएको आर्थिक ऐन मार्२ सय ५० सिसी क्षमता माथिको मोटरसाइकलको सडक निर्माण दस्तुर घटेको छ।
यस अघि २ सय ५०देखि ४ सय सीसी क्षमताको बाइकको प्रतिगोटा ५० हजार रहेको थियो। यसलाई परिमार्जन गरेर प्रतिगोटा २० हजार रुपैयाँ बनाइएको छ। यसैगरी ४ सय सीसी क्षमता माथिको हकमा प्रतिगोटा १ लाख रुपैयाँको ठाउँमा मुल्यको १० प्रतिशत बनाइएको छ।