काठमाडौं- सरकारले विद्यार्थीका लागि चलचित्र टिकटमा केही सहुलियत दिने भएको छ।
शनिबर र सार्वजनिक विदाको दिन ८ बजेको चलत्रिच प्रदर्शनीमा चलचित्र विकास शुल्कमा छुट दिने घोषणा गरेको हो।
आगामी आर्थिक वर्ष २०८०/०८१ को बजेटसँग आएको आर्थिक ऐन २०८० मार्फत विद्यार्थीलाई चलचित्रको विकास शुलकमा ५० प्रतिशत छुट दिने व्यवस्था गरिएको छ।
जुन शनिबार र सार्वजनिक विदाको दिन बिहान ८ बजेको प्रदर्शनीमा मात्रै लागु हुनेछ।