शुक्रबार, वैशाख ५ गते २०८२    
शुक्रबार, वैशाख ५ २०८२
images
images

बढ्यो भाडाका सवारी साधनमा आयकर, कस्ता सवारीले कति तिर्ने?

images
मंगलबार, जेठ १६ २०८०
images
बढ्यो भाडाका सवारी साधनमा आयकर, कस्ता सवारीले कति तिर्ने?
फाइल तस्बिर
images
images

काठमाडौं- सरकारले भाडाका सवारी साधन दर्ता र नवीकरण गर्दा तिर्नुपर्ने आयकर बढाएको छ। कार, जिप, भ्यान, माइक्रोबसमा १३०० सीसीसम्म ४ हजार आयकर लाग्नेमा अब ५ हजार ५०० लाग्ने भएको छ।

images
images
images

यस्तै १३०१ देखि २००० सीसीसम्म ४ हजार ५ सय  रहेको आयकर अब ६ हजार पुगेको छ। २ हजार १ सीसीदेखि २९०० सीसीसम्मसवारी दर्ता नवीकरण गर्दा ५ हजार लाग्ने आयकर बढेर ६ हजार ५ सय रुपैयाँ बनाइएको छ।

images
images

२९०१ सीसीदेखि ४ हजार सीसीसम्मको सवारी दर्ता वा नवीकरण गर्दा लाग्ने आयकर ६ हजारबाट बढेर ८ हजार भएको छ। यसैगी ४ हजार सीसी भन्दा माथिकोमा दर्ता नवीकरण गर्दा लाग्ने आयकर ७ हजारबाट बढेर ९ हजार,मिनी बस, मिनी ट्रक र पानी ट्यांकर सवारी दर्ता तथा नवीकरण गर्दा लिने आयकर ६ हजारबाट बढेर ८ हजार मिनी टिपरको  ७ हजारबाट ९ हजार, बसको ८ हजारबाट १० हजार ५ सय, डोजर, एक्साभेटर, लोडर, रोलर, क्रेनको १२ हजारबाट  १५ हजार ५ सय, तेल ट्यांकर ग्यास बुलेट, टिपरको १२ हजारबाट १५ हजार ५ सय, ट्याक्टरको  २ हजारबाट  २ हजार ५ सय, पावर टिलरको १ हजार ५ सय बाट २ हजार, अटो रिक्सा, थ्री ह्वीलर र टेम्पोको २ हजारबाट २ हजार ५ सय रुपैयाँ बनाएको छ।

images
images

यसैगरी विद्युतीय सवारी साधनको हकमा ५० किलोवाटसम्मको विद्युतिय सवारी साधनमा ३ हजार, ५० देखि १२५ किलोवाटसम्म ४ हजार, १२५ देखि २०० किलोवाटसम्म ६ हजार र २०० किलोवाटमाथि ७ हजार ५ सय रुपैयाँ आयकर सीमा तोकेको हो।

नयाँ लागु हुने आयकर

high.jpg

high a.jpg


प्रकाशित : मंगलबार, जेठ १६ २०८०००:२५

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend