शुक्रबार, वैशाख २६ गते २०८२    
शुक्रबार, वैशाख २६ २०८२
images
images

विद्युतीय सवारीमा कर : कम क्षमतामा बढाइयो, बढी क्षमतामा घटाइयो

images
सोमबार, जेठ १५ २०८०
images
विद्युतीय सवारीमा कर : कम क्षमतामा बढाइयो, बढी क्षमतामा घटाइयो
images
images

काठमाडौं- सरकारले विद्युतीय सवारीमा लगाउँदै आएको करको दर बढाएको छ।* भन्सारसँगै अन्त:शुल्कसमेत बढाएको छ। कम क्षमताका विद्युतीय सवारीमा कर बढाएको सरकारले बढी क्षमताका विद्युतीय सवारीमा भने कर घटाएको हो। 

images
images
images

आर्थिक ऐनमार्फत ५० किलोवाटसम्मको मोटर क्षमता भएका सवारीमा १० प्रतिशत भन्सार लगाइएको छ। यसमा अन्त:शुल्क लगाइएको छैन। यसअघिको आर्थिक ऐनमा यो ब्रेकडाउन थिएन। 

images
images

यसैगरी ५० देखि १०० किलोवाटसम्मका विद्युतीय सवारीमा ५ प्रतिशत भन्सार बढाएर १५ प्रतिशत पुर्‍याइएको छ।  यसमा यसअघि अन्त:शुल्क लगाइएको थिएन। अहिले १० प्रतिशत अन्त:शुल्क लगाइएको छ।

images
images

एकसय किलोवाटदेखि दुईसय किलोवाटसम्म विद्युतीय मोटर जडित कारमा यसअघि ३० प्रतिशत रहेको भन्सार दरलाई घटाएर २० प्रतिशत कायम गरिएको छ। त्यस्तै सोही मोटर क्षमता भएको विद्युतीय कारमा ३० प्रतिशत नै रहेको अन्त:शुल्क २० प्रतिशतमा सीमित गरिएको छ। 

२ सयदेखि ३ सय किलोवाटसम्म मोटर क्षमता भएको विद्युतीय सवारीमा भन्सार ४५ बाट घटाएर ४० प्रतिशत कायम गरिएको छ। यसमा अन्त:शुल्क ४५ प्रतिशत नै यथावत राखिएको छ। ३ सय किलोवाटभन्दा माथिका विद्युतीय सवारीमा भन्सार र अन्त:शुल्क दुवै ६० प्रतिशत नै यथावत राखिएको छ। 

*यसअघि अन्यथा भएकोमा सच्याइएको। - सम्पादक


प्रकाशित : सोमबार, जेठ १५ २०८०१५:००

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend