काठमाडौं- गएको साता लगातार बढेको सेयर बजारमा सोमबार ब्रेक लागेपनि मंगलबार फेरि उकालो लागेको छ।
कारोबार सुरु हुँदा घटेको बजार २३.७६ अंकले बढेर २८४३.६२ अंकमा पुगेको छ। नेप्से परिसूचक बढेपनि कारोबार रकम भने घटेको छ। सोमबारको तुलनामा आज कारोबार रकममा कमी आएको हो।
आज ६ अर्ब ७ करोड ३७ लाख रुपैयाँ बराबरको सेयर कारोबार भएको छ। सोमबार ७ अर्ब ७७ करोड ७५ लाख रुपैयाँ कारोबार भएको थियो।
आजको बजारमा सबैभन्दा धेरै साहस उर्जाको सेयर मूल्य बढेको छ। ९.९९ प्रतिशतले साहसको मूल्य बढ्दा कर्णाली विकास बैंकको ७ प्रतिशतले बढेको छ।
आज बैंकिङ र ट्रेडिङ बाहेकका सबै क्षेत्रको उपसूचकहरु बढेका छन्।