काठमाडौं- सरकारले खानेपानी तथा सरसफाइ मन्त्रालयका लागि २८ अर्ब १६ करोड बजेट विनियोजन गरेको छ।
संघीय संसदको संयुक्त बैठकमा अर्थमन्त्री प्रकाशशरण महतले आगामी आर्थिक वर्ष २०८०/०८१ को बजेट प्रस्तुत गरिरहेका छन्।बजेट प्रस्तुत गर्दै उनले आगामी आवका लागि खानेपानी मन्त्रालयलाई सो रकमबराबरको बजेट विनियोजन गरिएको जानकारी दिएका हुन्।