मंगलबार, असार ३ गते २०८२    
मंगलबार, असार ३ २०८२
images
images

प्रदेश र स्थानीय तहमा जाने अनुदान कुन शीर्षकमा कति विनियोजन?

images
बिजनेस न्युज
बिजनेस न्युज
सोमबार, जेठ १५ २०८०
images
images
प्रदेश र स्थानीय तहमा जाने अनुदान कुन शीर्षकमा कति विनियोजन?
images
images

काठमाडौं- आगामी आर्थिक वर्षका लागि सरकारले वित्तीय समानीकरण अनुदानमा प्रदेश तथा स्थानीय तहमा १ खर्ब ४६ अर्ब विनियोजन गरेको छ। 

images
images
images

आगामी वर्षको बजेट मार्फत संघीय सरकारले प्रदेशलाई प्रदेशलाई ५८ अर्ब ६७ करोड स्थानीय तहलाई ८७ अर्ब ३५ करोड विनियोजन गरेको छ। 

images
images

यो गत वर्षको तुलनामा धेरै हो। गत वर्ष वित्तीय समानीकरण अनुदानमा १ खर्ब २३ अर्ब रहेको थियो। 

images
images
images

त्यस्तै आगामी वर्षका लागि सशर्त अनुदान पनि बढेको छ। सरकारले आगामी वर्षका लागि प्रदेशलाई ३५ अर्ब ७२ करोड र स्थानीय तहलाई १ खर्ब ९१ अर्ब गरि कुल २ खर्ब २७ अर्ब ६१ करोड  सशर्त अुनदान विनियोजन गरेको छ। चालु वर्षका लागि यस्तो अनुदान जम्मा २ खर्ब ४० अर्ब रुपैयाँ थियो। 

समपूरक प्रदेशमा ६ अर्ब २२ करोड स्थानीय ७ अर्ब विनियोजन गरिएको छ भने  विशेष अनुदान १२ अर्ब विनियोजन गरिएको छ। 

राजस्व बाँटफाँड पनि बढेको छ।  चालु वर्षका लागि सरकारले १ खर्ब ६३ अर्ब विनियोजन गरेकोमा आगामी वर्षका लागि १ खर्ब ७३ अर्ब विनियोजन गरेको छ। 


प्रकाशित : सोमबार, जेठ १५ २०८०११:२१
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend