शुक्रबार, असोज १२ गते २०८०    

वैदेशिक सहायता अपेक्षाभन्दा कम, आयोजना कार्यान्वयन कमजोर हुँदा सहायता आएन

images
वैदेशिक सहायता अपेक्षाभन्दा कम, आयोजना कार्यान्वयन कमजोर हुँदा सहायता आएन
images

काठमाडौं- सरकारले आगामी आवका लागि वैदेशिक सहायतातर्फ ३८ अर्ब ४६ करोड रुपैयाँ अनुदान र ऋण १ खर्ब ७० अर्ब ५४ करोड परिचालित हुने संशोधित अनुमान सार्वजनिक गरिएको छ।

images

आयोजनाको कार्यान्वयन पक्ष कमजोर हुँदा वेदेशिक सहायता परिचालन अपेक्षा गरेभन्दा कम भएको अर्थमन्त्री डा प्रकाशशरण महतले बताए।

images

चालु आवमा वैदेशिक सहायता तर्फ २४ अर्ब ८१ करोड रुपैयाँ अनुदान र १ खर्ब ७२ अर्ब ८८ करोड रुपैयाँ  ऋण आउने अनुमान गरिएको थियो।

images

दोस्रो चरणको आर्थिक सुधार र अर्थतन्त्रको संरचनागत सुधारको नारा सहित ल्याइएको बजेटमा वैदेशिक अनुदानको ठूलो महत्व रहने छ।तर सरकारले चालु आवमा अनुमान गरिएको भन्दा निकै कम मात्र वैदेशिक सहायता पाएको छ।

images

images

प्रकाशित : सोमबार, जेठ १५ २०८००४:४४

प्रतिक्रिया दिनुहोस
ट्रेन्डिङ