मंगलबार, वैशाख ११ गते २०८१    
images
images

यो वर्ष राजस्व ५ प्रतिशतले ऋणात्मक हुने 

images
images
images
यो वर्ष राजस्व ५ प्रतिशतले ऋणात्मक हुने 
images
images

काठमाडौं- चालु आर्थिक वर्षमा राजस्व गत वर्षको तुलनामा ५ प्रतिशतले राजस्व ऋणात्मक हुने सरकारले अनुमान गरेको छ। 

images
images
images

आर्थिक वर्ष २०८०/८१ को बजेट सार्वजनिक गर्दै अर्थमन्त्री डा प्रकाशशरण महतले चालु वर्ष ११ खर्ब ८९ अर्ब राजस्व संकलन हुने अनुमान गरेका छन्। गत वर्षको तुलनामा ५ प्रतिशतले न्यून हो। 

images

अर्थमन्त्री डा प्रकाशशरण महतले चालु आर्थिक वर्षको सरकारी खर्च १५ खर्ब ४ अर्ब ९९ करोड रुपैयाँ हुने अनुमान सार्वजनिक गरेका छन्।

images

यसमध्ये चालु खर्च १० खर्ब ४३ अर्ब ३९ करोड रुपैयाँ अर्थात विनयोजनको ८८ प्रतिशत, पुँजीगत खर्च २ खर्ब ५८ अर्ब ३४ करोड रुपैयाँ अर्थात ६७.९१ प्रतिशत र वित्तीय व्यवस्था तर्फ  दुई खर्ब तीन अर्ब २६ करोड अर्थात ८८ प्रतिशत खर्च हुने संसोधित अनुमान सार्वजनिक गरिएको छ।

images
images

आर्थिक वर्ष २०७८/७९ मा कुल सरकारी खर्च रु १४ खर्ब ४७ अर्ब ५१ करोड अर्थात ८८.६ प्रतिशत हुने अनमुान थियो। कुल सरकारी खर्च मध्ये चालु खर्च रु ९ खर्ब ७१ अर्ब ८६ करोड अर्थात ९१.२ प्रतिशत, पुँजिगगत खर्च रु ३ खर्ब ९ करोड अर्थात ७९.४ प्रतिशत र वित्तीय व्यवस्था तर्फ रु १ खर्ब ७५ अर्ब ५६ करोड अर्थात ९२.७ प्रतिशत खर्च हुने अनमुान थियो।

गत वर्ष आर्थिक वृद्धिदर ५ दशमलव ८ प्रतिशत हुने अनुमान थियो । यो वर्ष आर्थिक वृद्धिदर २ दशमलव १६ प्रतिशत मात्रै हुने अनुमान छ।

सरकारले दोस्रो चरणको आर्थिक सुधार र अर्थतन्त्रको संरचनागत परिवर्तनको नारासहित आर्थिक वर्ष २०८०/८१ को बजेट तयार पारेको अर्थमन्त्री डा महतले बताए।

images

प्रकाशित : सोमबार, जेठ १५ २०८०१०:५२

प्रतिक्रिया दिनुहोस