मंगलबार, कात्तिक ६ गते २०८१    
images
images

चालु आवको खर्च १५ खर्ब ४ अर्ब ९९ करोड रुपैयाँ, ८३ प्रतिशत खर्च हुने अनुमान 

images
सोमबार, जेठ १५ २०८०
images
images
चालु आवको खर्च १५ खर्ब ४ अर्ब ९९ करोड रुपैयाँ, ८३ प्रतिशत खर्च हुने अनुमान 
images
images

काठमाडौं- अर्थमन्त्री डा प्रकाशशरण महतले चालु आर्थिक वर्षको सरकारी खर्च १५ खर्ब ४ अर्ब ९९ करोड रूपैयाँ हुने अनुमान सार्वजनिक गरेका छन्।

images
images
images

यसमध्ये चालु खर्च १० खर्ब ४३ अर्ब ३९ करोड रूपैयाँ अर्थात विनियोजनको ८८ प्रतिशत, पुँजीगत खर्च २ खर्ब ५८ अर्ब ३४ करोड रूपैयाँ अर्थात ६७.९१ प्रतिशत र वित्तीय व्यवस्थातर्फ दुई खर्ब तीन अर्ब २६ करोड रूपैयाँ अर्थात ८८ प्रतिशत खर्च हुने संशोधित अनुमान सार्वजनिक गरिएको छ।

आर्थिक वर्ष २०७८/७९ मा कुल सरकारी खर्च १४ खर्ब ४७ अर्ब ५१ करोड रूपैयाँ अर्थात ८८.६ प्रतिशत हुने अनमुान थियो। कुल सरकारी खर्चमध्ये चालु खर्च ९ खर्ब ७१ अर्ब ८६ करोड रूपैयाँ अर्थात ९१.२ प्रतिशत, पुँजीगगत खर्च ३ खर्ब ९ करोड रूपैयाँ अर्थात ७९.४ प्रतिशत र वित्तीय व्यवस्थातर्फ १ खर्ब ७५ अर्ब ५६ करोड रूपैयाँ अर्थात ९२.७ प्रतिशत खर्च हुने अनमुान थियो.

images

गत वर्ष आर्थिक वृद्धिदर ५ दशमलव ८ प्रतिशत हुने अनुमान थियो। यो वर्ष आर्थिक वृद्धिदर २ दशमलव १६ प्रतिशत मात्रै हुने अनुमान छ।

images

सरकारले दोस्रो चरणको आर्थिक सुधार र अर्थतन्त्रको संरचनागत परिवर्तनको नारासहित आर्थिक वर्ष २०८०/८१ को बजेट तयार पारेको अर्थमन्त्री डा. महतले बताए।


प्रकाशित : सोमबार, जेठ १५ २०८०११:१९

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2024 All right reserved to biznessnews.com  | Site By : SobizTrend