आइतबार, जेठ ६ गते २०८१    
images
images

सर्लाहीमा मिटरब्याजीविरुद्ध १ हजार ९ सय २० उजुरी

images
सोमबार, जेठ १५ २०८०
images
images
सर्लाहीमा मिटरब्याजीविरुद्ध १ हजार ९ सय २० उजुरी

सरकारले अध्यादेशमार्फत अनुचित लनेदेनसम्बन्धी कानून बनाएर उजुरी लिन सुरु गरेको थियो।

images
images

मलंगवा- सर्लाहीमा मिटरब्याजी (अनुचित लेनदेन) विरुद्ध १ हजार ९ सय २० उजुरी परेका छन्। सरकारले मिटरब्याजीविरुद्ध उजुरी दिने आह्वान गरेपछि एक हजार नौ सय २० मिटरब्याजी पीडितले जिल्ला प्रशासन कार्यालयमा उजुरी दिएका हुन्।

images
images
images

उजुरी परेका साहुकारहरुलाई मंगलबारदेखि जिल्ला प्रशासन कार्यालयमा बोलाई मिलापत्र गराउने र मुद्दा चलाउन मिल्नेमाथि सम्पत्ति शुद्धिकरणलगायत मुद्दा प्रक्रिया अगाडि बढाइने प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवले जानकारी दिए।

images

‘मिटरब्याजी साहुले लिएको ऋण भन्दा बढीको कागज बनाएको र ऋण तिरेपछि पनि अझ धेरै ऋण बाँकी रहेको भन्दै कागज देखाएर घर, घडेरी नै आफ्नो नाममा पास गर्न थालेपछि पीडितले काठमाडौँमा पुगेर आन्दोलन गरेका थिए’, उनले भने।

images
images

सरकारले अध्यादेशमार्फत अनुचित लनेदेनसम्बन्धी कानून बनाएर उजुरी लिन सुरु गरेको थियो।

images
images

मधेस प्रदेशको राजधानी जनकरपुरधाममा अनुचित लेनदेन अर्थात् मिटरब्याजसम्बन्धी जाँचबुझ आयोगको कार्यालय स्थापना भएपश्चात् आयोगका अध्यक्ष गौरीबहादुर कार्की र सदस्य उत्तमराज सुवेदीले बैशाख २० गते यहाँका मिटरब्याज पीडित, नागरिक समाज, जनप्रतिनिधि, सुरक्षा अधिकारी, दलका प्रतिनिधि, मिटरब्याजविरुद्धका अभियन्तालगायत अन्य सरोकारवालासँग आवश्यक छलफल गरेका थिए। रासस 


प्रकाशित : सोमबार, जेठ १५ २०८००७:३६

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2024 All right reserved to biznessnews.com  | Site By : SobizTrend