शुक्रबार, वैशाख ७ गते २०८१    
images
images

कस्तो देखियो पुँजी बजारको ८ महिने चित्र?

images
images
कस्तो देखियो पुँजी बजारको ८ महिने चित्र?
images
images

काठमाडौं- चालु आर्थिक वर्षको फागुन मसान्तसम्मको ८ महिनाको तथ्यांक हेर्दा पुँजी बजार मारमा परेको देखिएको छ। फागुनयताको अवस्था पनि पुँजीबजारमा लैगानीकर्तामैत्री देखिएको छैन। अब बजेटमार्फत साथ पाउने अपेक्षामा रहेका लगानीकर्ताका लागि अवस्था सुखद छैन। 

images
images
images

२०७८ फागुन मसान्तमा २६६८.१२ बिन्दुमा रहेको नेप्से सूचकांक २६.८ प्रतिशतले कम भइ २०७९ फागुन मसान्तमा १९५३.०६ बिन्दु कायम भएको थियो। जुन २०८० जेठ १४ गतेसम्म १९४१.७४ बिन्दुमा झरेको छ। 

images

सरकारले आर्थिक वर्ष २०८०/८१ को नीति तथा कार्यक्रम प्रस्तुत गर्दै पुँजी बजारको संरचनागत सुधार गर्ने घोषणा गरेसँगै लगानीकर्ताहरू अब बजेटका साथै मौद्रिक नीतिमार्फत पनि साथ मिल्ने अपेक्षामा छन्। सोमबार बजेटसमेत आउँदैछ जसमार्फत पुँजी बजारका लागि काम हुने अपेक्षा लगानीकर्तामा देखिन्छ। 

images

सरकारले पुँजीबजारको विकास र विस्तारको लागि संरचनागत सुधार गरिने घोषणा नै गरेको छ। पुँजी बजारमा गैरआवासीय नेपालीलाई लगानी खुला गर्ने घोषणा गरेको सरकारले वैदेशिक रोजगारीमा जाने युवाहरूलाई सरकारी ऋणपत्र साथै निजी क्षेत्रका आयोजनाको प्राथमिक सेयरमा लगानी गर्न प्रेरित गरिने पनि उल्लेख गरेको छ।

images
images

२०७८ फागुन मसान्तमा ३७ खर्ब ८२ अर्ब ७९ करोड रहेको धितोपत्र बजार पुँजीकरण २५.४ प्रतिशतले कम भइ २०७९ फागुन मसान्तमा २८ खर्ब २३ अर्ब ६८ करोड कायम भएको हो। २०७९ असार मसान्तमा नेप्से सूचकांक २००९.४७ बिन्दुमा थियो। त्यसैगरी नेप्से फ्लोट परिसूचक २०७८ फागुन मसान्तको तुलनामा २४.१ प्रतिशतले कम भइ १३७.२२ बिन्दुमा रहेको छ।

आर्थिक वर्ष २०७९/८० को फागुनसम्म थप २३ (६ लघुवित्त १७ जलविद्युत) कम्पनी नेप्सेमा सूचीकृत भएका छन्। यसअनुसार २०७९ फागुनसम्म नेप्सेमा सूचीकृत कम्पनीको सङ्ख्या २ सय ४५ पुगेको छ। २०७८ फागुनमसान्तमा यस्तो सङ्ख्या २२८ थियो। २०७९ फागुनसम्म नेपाल स्टक एक्सचेन्ज लिमिटेडमा सूचीकृत सेयरको चुक्ता मूल्य ७ खर्ब १ अर्ब ९८ करोड पुगेको छ। २०७८ फागुनसम्म यस्तो मूल्य ६ खर्ब ५१ अर्ब २१ करोड रहेको थियो।

आर्थिक वर्ष २०७९/८० को फागुनसम्म प्राथमिक बजारमार्फत ४१ अर्ब ४६ करोड बराबरको पुँजी परिचालन भएको छ। जुन गत आर्थिक वर्ष को सोही अवधिको तुलनामा ९३.३ प्रतिशतले बढी हो। 

यस अवधिमा साधारण सेयरको प्राथमिक निष्काशनमार्फत ५ अर्ब ७६ करोड, हकप्रद सेयर निष्काशनमार्फत ५ करोड, ऋणपत्र मार्फत २७ अर्ब र म्युचुअल फन्डमार्फत ७ अर्ब ७५ करोड पुँजी परिचालन भएको छ। गत आर्थिक वर्षको सोही अवधिमा प्राथमिक बजारमार्फत २१ अर्ब ४५ करोड पुँजी परिचालन भएको थियो। चालु आर्थिक वर्षको फागुनसम्म कुल पुँजी परिचालनमा ऋणपत्रको अंश करिब ६५ प्रतिशत रहेको छ। पछिल्लो समय ऋणपत्र निष्काशनमार्फत् पुँजी संकलन गर्ने प्रवृत्ति बढ्दै गएको देखिन्छ।

आर्थिक वर्ष २०७९/८० को फागुनसम्म १७ करोड २ लाख ५२ हजार कित्ता बराबरको प्रथम निष्कासन, ६४ करोड ८४ लाख ३६ हजार ८ सय ७९ सामुहिक लगानी कोषका ईकाइ, ४ करोड १४ लाख ८० हजार ९ सय १७ कित्ता बराबरको हकप्रद सेयर, २८ करोड ८० लाख ८१ हजार ८ सय ३० कित्ता बराबरको बोनस सेयर, ३ करोड ४३ लाख ३३ हजार ६ सय ४१ कित्ता संस्थागत ऋणपत्र र ६५ करोड कित्ता सरकारी ऋणपत्र नेपाल स्टक एक्सचेञ्जमा सूचीकृत भएका छन्।

२०७८ फागुन मसान्तमा ३७ खर्ब ८२ अर्ब ७९ करोड रहेको धितोपत्र बजार पुँजीकरण २५.४ प्रतिशतले कम भइ २०७९ फागुन मसान्तमा २८ खर्ब २३ अर्ब ६८ करोड कायम भएको छ। कुल धितोपत्र बजार पुँजीकरणमध्ये बैंक तथा वित्तीय संस्था र बीमा कम्पनीको हिस्सा ६४.७ प्रतिशत रहेको छ। त्यसैगरी, जलविद्युत् कम्पनीको हिस्सा १३.९ प्रतिशत, लगानी कम्पनीको हिस्सा ६.८ प्रतिशत, उत्पादन तथा प्रशोधन उद्योगको हिस्सा ३.९ प्रतिशत, होटेलको हिस्सा १.९ प्रतिशत, व्यापारिक संस्थाको हिस्सा ०.४ प्रतिशत तथा अन्य समूहका कम्पनीको हिस्सा ८.४ प्रतिशत रहेको छ।

आर्थिक वर्ष २०७८/७९ को फागुनसम्म १० खर्ब ५३ अर्ब ९८ करोड रकम बराबरको धितोपत्र कारोबार भएकोमा आर्थिक वर्ष २०७९/८० को सोही अवधिमा ७१.८ प्रतिशतले कमी भइ २ खर्ब ९७ अर्ब ४९ करोडको कारोबार भएको छ।

नेपालमा ऋणपत्रको निष्कासन सरकारी र संस्थागत दुवै क्षेत्रबाट हुने गरेको छ। हाल नेपाल सरकारबाट निष्कासन गरिने विभिन्न ऋणपत्रमध्ये विकास ऋणपत्रको मात्र नेपाल स्टक एक्सचेञ्ज लि.मा सूचीकृत भइ कारोबार हुने गरेको छ। आर्थिक वर्ष २०७९/८० को फागुनसम्म निष्कासन भएको ऋणपत्र करिब ६ खर्ब ६७ अर्ब बराबर रहेको छ, जसमा विकास ऋणपत्रको अंश करिब ८८.० प्रतिशत रहेको छ। आर्थिक वर्ष २०७८/७९ मा १ अर्ब ५५ करोड बराबरको सरकारी ऋणपत्र र ४२ करोड १० लाख बराबरको संस्थागत ऋणपत्रको कारोबार भएको थियो।

नेप्सेमा सूचीकृत नभएका पब्लिक कम्पनीको धितोपत्रको खरिद बिक्री ओटीसी बजारमा गर्न सकिने व्यवस्थाबमोजिम आर्थिक वर्ष २०७७/७८ मा करिब २ अर्ब १९ करोड बराबरको कारोबार भएकोमा आर्थिक वर्ष २०७८/७९ मा करिब २ अर्ब ९३ करोड बराबरको कारोबार भएको छ। चालु आर्थिक वर्षको फागुनसम्म कुल ३२ कम्पनीको करिब ६० करोड बराबरको धितोपत्रको ओटीसी बजारमा कारोबार भएको छ। मर्चेण्ट बैंकको सङ्ख्या २०७८ फागुन मसान्तमा ३१ पुगेको छ। आर्थिक वर्ष २०७८/७९ मा कुल ४,२०० ग्राहकको करिब १३ अर्ब ६८ करोड बराबरको कोष व्यवस्थापन भएको छ। गत आर्थिक वर्ष कुल ३,१९६ ग्राहकको करिब १२ अर्ब ८२ करोड बरावरको कोष व्यवस्थापन भएको थियो।

आर्थिक वर्ष २०७८/७९ को फागुनसम्म सिडिएससीमा दर्ता भएका कम्पनीको सङ्ख्या २३६ र निक्षेप सदस्यको सङ्ख्या ८२ पुगेको छ। निक्षेप सदस्यले ७७ जिल्लाबाट नै निक्षेप सेवा उपलब्ध गराउँदै आएका छन्।

अभौतिकृत धितोपत्रको सङ्ख्या २०७९ फागुन मसान्तसम्म ९ अर्ब ९१ करोड ९० लाख पुगेको छ। २०७८ फागुन मसान्तमा यस्तो सङ्ख्या ८ अर्ब ३९ करोड ८ लाख रहेको थियो।

धितोपत्र बजारमा लगानीकर्ताको सहभागीताको अवस्था उत्साहजनक रूपमा बढेको छ। २०७८ असारसम्म ३७ लाख ८९ हजार डिम्याट खाता (हितग्राही खाता) को सङ्ख्या रहेकोमा २०७९ फागुनसम्म उक्त सङ्ख्या ५६ लाख ५४ हजार पुगेको छ। यो सङ्ख्या कुल जनसङ्ख्याको १९.४ प्रतिशत हो। २०७८ असारमा करिब २८ लाख ५० हजारको सङ्ख्यामा रहेको मेरो सेयर खाताको सङ्ख्या २०७९ फागुनसम्म ४६ लाख ७१ हजार पुगेको छ।

images

प्रकाशित : आइतबार, जेठ १४ २०८०१०:५२

प्रतिक्रिया दिनुहोस