शुक्रबार, वैशाख ७ गते २०८१    
images
images

राष्ट्रिय गौरवका आयोजना : बढ्दो लागतबीच निराशाजनक प्रगति

images
images
राष्ट्रिय गौरवका आयोजना : बढ्दो लागतबीच निराशाजनक प्रगति

पूर्व-पश्चिम राजमार्ग स्तरोन्नति गर्ने कार्य अन्तर्गत नारायणघाट-बुटवल सडकको ११३ किलोमिटर सडकमध्ये २०७९ फागुनसम्म २ किलोमिटर सडक कालोपत्रे भएको छ।

images
images

काठमाडौं- राष्ट्रिय गौरवका आयोजनाहरूको समग्र भौतिक प्रगति उत्साहजनक हुन सकेको छैन। सरकारले दुरगामी महत्वका विकास आयोजनाहरूलाई सयममै सम्पन्न गर्न उच्च प्राथमिकता दिँदै राष्ट्रिय गौरवका आयोजनामा वर्गीकरण गरेका काम गर्दै आएको छ। 

images
images
images

आयोजनाहरू नै समयमा सम्पन्न हुन सकेका छैनन्। आयोजना समयमा सम्पन्न नहुँदा त्यसबाट सर्जित लाभ त प्राप्त गर्न सकिएको छैन नै बरु आयोजनाको लागत बढेर थेग्न नसकिने अवस्था आउँदै छ। 

images

चालु आर्थिक वर्षको फागुनसम्ममा देशभर निर्माणाधीन राष्ट्रिय गौरवका आयोजनाहरूको विवरण एकमुष्ठ विवरण सार्वजनिक भएको छ। सरकारले सार्वजनिक गरेको आर्थिक सर्वेक्षणमा उल्लेखित गौरवका आयोजनाको विवरण यसप्रकार छ।  

images

मध्यपहाडी (पुष्पलाल) राजमार्गको कुल लम्बाइ १८७९ किलोमिटर मध्ये २०७९ असारसम्म १ हजार २५९ किलोमिटर कालोपत्रे सम्पन्न भएकोमा चालु आर्थिक वर्षको फागुनसम्म थप ४२ किलोमिटर सडक कालोपत्रे भइ १ हजार ३०१ किलोमिटर पुगेको छ। लोकमार्गमा पर्ने १३७ पुलमध्ये २०७९ फागुनसम्म ९७ पुलको निर्माण सम्पन्न भएको छ।

images
images

हुलाकी राजमार्गको कुल लम्बाई १८५७ किलोमिटर मध्ये २०७९ असारसम्म ८९१ किलोमिटर (लिंक सडकसहित) कालोपत्रे सम्पन्न भएकोमा चालु आर्थिक वर्षको फागुनसम्म थप ३६.५ किलोमिटर सडक कालोपत्रे भइ २०७९ फागुनसम्म ९२७.५ किलोमिटर पुगेको छ। लोकमार्गका २५० पुलमध्ये २०७९ असारसम्म ११५ पुल निर्माण सम्पन्न भएकोमा २०७९ फागुनसम्म यस्तो संख्या १२२ पुगेको छ।

उत्तर दक्षिण राजमार्ग कालीगण्डकी कोरिडोर कुल लम्बाई ४४७ किलोमिटरको मालढुङ्गा खण्डको २४५ किलोमिटर खण्डमध्ये २०७९ फागुनसम्म गैडाकोट-राम्दी १२० किलोमिटर सडक कालोपत्रे र २७ पुलको निर्माण सम्पन्न भएको छ। यस कोरिडोर अन्तर्गत २०७९ फागुनसम्म मालढुंगा-बेनी-जोमसोम-कोरला खण्डको २०२ किलोमिटर खण्डमध्ये २९ किलोमिटर सडक कालोपत्रे र ६ पुलको निर्माण सम्पन्न भएको छ। २०७९ असारसम्म २८ किलोमिटर सडक कालोपत्रे र ४ पुलको निर्माण कार्य सम्पन्न भएको थियो।

कर्णाली कोरिडोरको कुल लम्बाइ २६९ किलोमिटर मध्ये २०७९ असारसम्म २५७ किलोमिटर ट्र्याक निर्माण सम्पन्न भएकोमा २०७९ फागुनसम्म ३.५ किलोमिटर थप ट्र्याक निर्माण भइ हालसम्म २६०.५ किलोमिटर ट्र्याक सम्पन्न भएको छ।

कोशी कोरिडोरको कुल लम्बाइ १६२ किलोमिटर मध्ये २०७९ फागुनसम्म थप १५ किलोमिटर ग्राभेल भइ हालसम्म ७० किलोमिटर सडक ग्राभेल भएको छ भने १० पुलको निर्माण सम्पन्न भएको छ।

काठमाडौं-तराईरमधेश द्रुतमार्ग सडक आयोजना अन्तर्गत २०७९ फागुनसम्म महादेवटार सुरुङमार्गको ३ हजार ३५५ मिटरमध्ये ६७६.६५ मिटर, धेद्रे सुरुङमार्गको १ हजार ६३० मिटर मध्ये ३५४.५५ मिटर र लेनडाँडा सुरुङमार्गको १ हजार ४३० मिटर मध्ये २६८.१५ मिटर सुरुङ खन्ने कार्य सम्पन्न भएको छ।

मदन भण्डारी राजमार्गको कुल लम्बाइ १ हजार ३९० किलोमिटरमा आयोजनाको कार्यक्षेत्र भित्र पर्ने ७४० किलोमिटर मध्ये २०७९ फागुनसम्म २६५ किलोमिटर सडक कालोपत्रे भएको छ। यस राजमार्गमा पर्ने १८५ पुलमध्ये ९९ पुलको निर्माण सम्पन्न भएको छ। २०७९ असारसम्म २५९ किलोमिटर सडकको कालोपत्रे सम्पन्न भएको थियो।

गल्छी-त्रिशुली-मैलुङ-स्याफ्रुवेशी-रसुवागढी सडकको ८२ किलोमिटर सडकमध्ये २०७९ फागुनसम्म ३३.५ किलोमिटर सडकको दुई लेन कालोपत्रे गर्ने कार्य र १३ पुलको निर्माण सम्पन्न भएको छ। २०७९ असारसम्म कालोपत्रे सडक २७.३२ किलोमिटर र ११ पुलको निर्माण भएको थियो।

पूर्व-पश्चिम राजमार्ग स्तरोन्नति गर्ने कार्य अन्तर्गत नारायणघाट-बुटवल सडकको ११३ किलोमिटर सडकमध्ये २०७९ फागुनसम्म २ किलोमिटर सडक कालोपत्रे भएको छ। साथै ३ प्रमुख पुल र २८ साना पुलको निर्माण कार्य सम्पन्न भएको छ।

मुग्लिन-पोखरा सडकको आबुखैरेनीदेखि पोखरासम्मको ८०.३३ किलोमिटर खण्ड अन्तर्गत २०७९ फागुनसम्म ७ साना पुलको निर्माण कार्य सम्पन्न भएको छ।

त्रिभुवन राजमार्गको नागढुंगा सुरुङमार्ग अन्तर्गत कुल ५ हजार ४९९ मिटर मधे २०७९ फागुनसम्म ४ हजार २७५ मिटर सुरुङ खन्ने काम सकिएको छ। त्यसैगरि यस अवधिसम्म ९ सय ७७ मिटर सुरुङ कंक्रिट लाइनिङ गर्ने कार्यसमेत सम्पन्न भएको छ। सुरुङमार्ग अन्तर्गत पर्ने ३ अन्डरपास, ४ कल्भर्ट, १ ओभरपास र ३ पुलको निर्माण सम्पन्न भएको आर्थिक सर्वेक्षणमा उल्लेख छ। २०७९ असारसम्ममा ३ हजार ११५ मिटर सुरुङ खनिएको थियो। 

images

प्रकाशित : आइतबार, जेठ १४ २०८०१०:४३

प्रतिक्रिया दिनुहोस