मंगलबार, असार ३० गते २०८३    
मंगलबार, असार ३० २०८३

लगातार १४० अंकले बढ्दै सुधारतर्फ देखिएको सेयर बजार पुन: ओरालोमा

आइतबार, जेठ १४ २०८०
लगातार १४० अंकले बढ्दै सुधारतर्फ देखिएको सेयर बजार पुन: ओरालोमा

काठमाडौं- पछिल्लो समय निरन्तर सुधारतर्फ देखिएको सेयर बजार यो साता पहिलो कारोबारमा नै ओरालोतर्फ लागेको छ। उतारचढावमा रहँदै धरमर गरिरहेको बजार सुधारतर्फ जाने अपेक्षाबीच कमजोर देखिएको हो। गएका ७ कारोबारमा १४०.७६ अंकले बजारमा सुधार आएको थियो। 

यो साता पहिलो कारोबारमा आइतबार १७.३८ अंकले घटेर बजार १९४१.७४ बिन्दुमा झरेको छ। आइतबार ४४ कम्पनीको मात्र सेयर मूल्य बढ्दा २ अर्ब ६३ करोड ९६ लाख ५९ हजार रूपैयाँको कारोबार भएको छ। 

गएको साता आइतबार ५.८८ अंकले बढेको बजार सोमबार ८.१० अंकले बढेको थियो। मंगलबार ५१.३१ अंकले बढेको बजार अन्तिम कारोबारमा बुधबार १६.४९ अंकले बढेर १९५९.१६ बिन्दुमा पुगेको थियो। गएको सातामात्र समग्रमा बजार ८१.७८ अंकले बढेको थियो। 

सरकारले आर्थिक वर्ष २०८०/८१ को नीति तथा कार्यक्रम प्रस्तुत गर्दै पुँजी बजारको संरचनागत सुधार गर्ने घोषणा गरेसँगै लगानीकर्ताहरू अब बजेटका साथै मौद्रिक नीतिमार्फत पनि साथ मिल्ने अपेक्षामा छन्। सोमबार बजेटसमेत आउँदैछ जसमार्फत पुँजी बजारका लागि काम हुने अपेक्षा लगानीकर्तामा देखिन्छ। 

सरकारले पुँजीबजारको विकास र विस्तारको लागि संरचनागत सुधार गरिने घोषणा नै गरेको छ। पुँजी बजारमा गैरआवासीय नेपालीलाई लगानी खुला गर्ने घोषणा गरेको सरकारले वैदेशिक रोजगारीमा जाने युवाहरूलाई सरकारी ऋणपत्र साथै निजी क्षेत्रका आयोजनाको प्राथमिक सेयरमा लगानी गर्न प्रेरित गरिने पनि उल्लेख गरेको छ।


प्रकाशित : आइतबार, जेठ १४ २०८००९:१७

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend