काठमाडौं- लक्ष्मी लघुवित्तले २७.३७ प्रतिशत लाभांश दिने घोषणा गरेको छ।
कम्पनीले २० प्रतिशत बोनस सेयर र ७.३७ प्रतिशत नगद लाभांश दिने प्रस्ताव गरेको हो। कम्पनीको सञ्चालक समितिको बैठकले १० मंसिरमा साधारणसभा गर्ने घोषणा गरेको छ।
कात्तिक ३० गते बुक क्लोजको मिती समेत तय गरेको छ।