मंगलबार, असार ३ गते २०८२    
मंगलबार, असार ३ २०८२
images
images

इजाजतबिना सवारीसाधन चलाउनेमाथि यातायात व्यवस्था कार्यालयले बढायो निगरानी

images
आइतबार, जेठ १४ २०८०
images
images
इजाजतबिना सवारीसाधन चलाउनेमाथि यातायात व्यवस्था कार्यालयले बढायो निगरानी
फाइल तस्बिर

निगरानीसँगै ठाउँठाउँमा कार्यालयको टोली पुगेर सडकसम्बन्धी सचेतना जगाउने कामसमेत भइरहेको छ।

images
images

जाजरकोट- भेरी करिडोर तथा अन्य सडकमा इजाजतबिना यातायात सेवा सञ्चालन गरेको पाइएपछि यातायात व्यवस्था सेवा कार्यालयले निगरानी बढाएको छ।

images
images
images

रुकुमपश्चिम, जाजरकोट, सल्यान र डोल्पालाई केन्द्रमा राखी चौरजहारीमा यातायात व्यवस्था कार्यालय स्थापना भएपछि तीव्ररुपमा सेवा दिन थालिएको हो। भेरी करिडोरको जाजरकोट-डोल्पा खण्ड, जाजरकोट खलंगा हुँदै कुशे, नलगाड हुँदै बारेकोट, सल्लीबजार कैनकाँडा हुँदै चौरजहारी, मुसिकोट राडीज्यूला सडक, मध्यपहाडी लोकमार्गलगायत आधा दर्जन सडकमा गुड्ने यातायातका साधनमा निगरानी गर्न थालिएको छ। ठाउँठाउँमा कार्यालयको टोली पुगेर सडकसम्बन्धी सचेतना जगाउने कामसमेत गरिरहेको कार्यालय प्रमुख आनन्द चपाइँले बताए।

images
images

कार्यालय स्थापना भएपछि चौरजहारीबाट सबै खालका सेवा सञ्चालन हुन लागेको उनको भनाइ थियो। कार्यालय प्रमुख चपाइँका अनुसार भेरी करिडोरभित्र रहेको जाजरकोट खलङ्गाबाट तल्लुसम्म ६५ किलोमिटरमा चल्ने सवारीसाधनमा चालकले अनुमति नलिइ चलाएको अवस्था छ। तल्लुबाट डोल्पासम्म चल्ने सवारीसाधनसमेत अनुमति बिनानै सञ्चालन भएको उनले बताए।

images
images
images

सवारीसाधनमा आलोपालो लगाएर यात्रुलाई हैरान बनाएको अवस्था छ। कार्यालय प्रमुख चपाइँ डोल्पा जाँदा उनकै गाडीलाई समेत निगरानी गरिएको थियो। कसको अनुमतिमा डोल्पा आएको भन्दै युवाले धम्की दिएका थिए। अहिले पछिल्लो समय चारै जिल्लाका प्रमुख जिल्ला अधिकारीसँग छलफल गरेर यातायातमा देखिएको मनोमानी रोक्ने अभियानमा आफू लागेको कार्यालय प्रमख चपाइँले बताए।

इजाजतपत्र  नै नलिएर अधिकांश ठाउँमा सवारीसाधन चलिरहेको उनको भनाइ थियो। योभन्दा अगाडि सुर्खेत गएर सवारीसाधन दर्ता, नामसारी, लाइसन्स नवीकरणका काम गर्ने गरिएकामा अब चौरजहारीबाटै सबै काम हुने गरेको छ। भेरी करिडोर र पुष्पलाल मध्यपहाडी लोकमार्गको बीचमा रहेको चौरजहारीमा कार्यालय सञ्चालनमा आएपछि सेवा लिनेको ठूलो भीड लागेको छ। अब ट्रायल दिने कामसमेत छिटै सञ्चालन हुने बताएको छ।

नयाँ सहर निर्माण कार्य जारी रहेको चौरजहारीबाट यातायात व्यवस्था कार्यालय स्थापनासँगै सबैलाई सेवा लिन सहज भएको छ। धेरै खर्च गरेर सुर्खेत जानुपर्ने अवस्था अन्त्य भएको छ। यातायात सेवामा जथाभावी गर्नेविरुद्ध निगरानी बढिरहेको छ। रासस


प्रकाशित : आइतबार, जेठ १४ २०८००८:०१

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend