आइतबार, जेठ ६ गते २०८१    
images
images

तमोरको जिम्मा लिएको चिनियाँ कम्पनीलाई स्पष्टीकरण सोधिने 

images
आइतबार, जेठ १४ २०८०
images
images
तमोरको जिम्मा लिएको चिनियाँ कम्पनीलाई स्पष्टीकरण सोधिने 

चिनियाँ राष्ट्रपति सी चिनफिङ नेपाल आएका बेला उक्त आयोजनासम्बन्धी समझदारी भएको थियो।

images
images

काठमाडौं- तमोर जलविद्युत आयोजना अघि बढाउने जिम्मा लिएको चिनियाँ कम्पनीलाई स्पष्टीकरण सोधिने भएको छ।

images
images
images

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ को अध्यक्षतामा आइतबार सिंहदरबारमा बसेको लगानी बोर्डको बैठकले सम्झौताबमोजिम काम अघि नबढाएको भन्दै चिनियाँ निर्माण कम्पनी पावर चाइनालाई स्पष्टीकरण सोध्ने निर्णय गरेको हो। 

images

७५६ मेगावाटको जलाशययुक्त तमोर जलविद्युत आयोजना नेपाली कम्पनी हाइड्रोइलेक्ट्रिसिटी इन्भेस्टमेन्ट एन्ड डेभलपमेन्ट कम्पनी (एचआईडीसीएल) सँग मिलेर उक्त आयोजना बनाउने गरी समझदारी भएको थियो। चिनियाँ राष्ट्रपति सी चिनफिङ नेपाल आएका बेला भएको समझदारीअनुसार काम अघि नबढेको भन्दै लगानी बोर्डको बैठकले उक्त कम्पनीलाई स्पष्टीकरण सोध्ने निर्णय गरेको बोर्डका एक सदस्यले जानकारी दिए।

images
images

पाँचथर, तेह्रथुम र ताप्लेजुङको सिमानामा बन्ने आयोजना ७६२ मेगावाटमा बनाउन सकिने अध्ययनले देखाएको छ। सुक्खायाममा दिनमा ८ घण्टा सञ्चालन गर्न सकिने यो आयोजना वर्षामा मा १६ घण्टा लगातार चलाउन सकिन्छ।

images
images

आयोजनाबाट सुक्खायाममा १ हजार १११ गिगावाट आवर र वर्षायाममा १ हजार ८७२ गिगावाट विद्युत् उत्पादन हुन सक्छ। तमोर आयोजनाको बाँध तेह्रथुमको ओख्रे र पाँचथरको स्याबरुम्बाको सीमा भएर बग्ने लम्बुदोभानबाट डेढ किलोमिटर ताल बन्नेछ। यो आयोजना पूर्वपश्चिम ४ सय केभीको प्रसारणलाइनबाट ७५ किलोमिटरको दुरीमा छ।

आयोजनामा २०५ मिटरको ड्याम बनाए ७६२ मेगावाट बिजुली उत्पादन हुने अध्ययनले देखाएको थियो। त्यसलाई बढाएर ३ सय मिटर पुर्‍याए तमोरबाट २५ सय ६५ मेगावाट बिजुली उत्पादन हुनेछ।


प्रकाशित : आइतबार, जेठ १४ २०८००७:२९

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2024 All right reserved to biznessnews.com  | Site By : SobizTrend