शुक्रबार, वैशाख ७ गते २०८१    
images
images

नाडा अटो शोमा हुने छैनन् केही प्रमुख ब्रान्ड, कुन ब्रान्ड र कम्पनी हुँदैछन् सहभागी?

पूर्वअध्यक्षको कम्पनी नै किन अनइच्छुक?

images
images
नाडा अटो शोमा हुने छैनन् केही प्रमुख ब्रान्ड, कुन ब्रान्ड र कम्पनी हुँदैछन् सहभागी?

यो समूहले स्कोडा, जिप, यामाहालगायतका सवारी बिक्री गर्दै आएको छ। तर यी कुनै ब्रान्ड यो वर्षको नाडा अटो शोमा देखिने छैन। 

images
images

काठमाडौं- तीनवर्ष रोकिएको अटो शो यो वर्ष हुने तय भइसकेको छ। तर यो संस्करणको अटो शोमा केही ठूला कम्पनीहरूले सहभागिता नजनाउने भएका छन्। 

images
images
images

सबैभन्दा धेरै र तेस्रो धेरै मोटरसाइकल तथा स्कुटर बिक्री गर्ने होन्डा र यामाहाले नाडा अटो शो २०२३ मा सहभागिता नजनाउने भएका छन्। त्यस्तैगरी एमएडब्लू समूहले बिक्री गर्ने स्कोडा कार र जिप पनि अटो शोमा सहमागी हुने छैनन्। 

images

नाडाले नयाँ संस्करणका लागि नेपाली बजारमा उपलब्ध सबै दुईपांग्रे तथा चारपांग्रे सवारी तथा कमर्सियल सवारी बिक्रेतामा सर्भे गराएको थियो। 

images

सर्भेको प्ररम्भिक नतिजाअनुसार उल्लेखित ब्रान्डले सहभागी नहुने बताएका हुन्। सर्भेको यो नतिजा नै अन्तिम हुनेछ। सहभागी हुन इच्छुक कम्पनीहरूका लागि नै नाडाले स्टलका लागि स्पेस उपलब्ध गराउनुपर्ने भएकाले सर्भेका क्रममा सहभागी नहुने बताएका कम्पनीहरूलाई नाडाले पुनः आउन आग्रह गर्ने छैन। 

images
images

नाडा अटोमोबाइल्स एशोसिएसन अफ नेपालले हरेक वर्ष गर्दै आएको सवारीसाधनको प्रदर्शनी कोरोना महामारीयता हुन सकेको थिएन। २०१९ पछि नाडा अटो शो २०२३ मा हुन लागेको हो। 

यो वर्षको नाडा अटो शो २०२३ आगामी भदौ २६ गतेदेखि असोज १ सम्म काठमाडौंको भृकुटीमण्डपमा हुने तय भइसकेको छ। नाडाले अटो शोको तयारीका लागि आवश्यक काम सुरु गरिसकेको छ। अटो शोका लागि भृकुटीमण्डपको मैदान बुक गरिसकेको छ भने तयारीका काम गर्न अटो शो संयोजकलाई जिम्मेवादी दिइसकेको छ।  

ठूला ब्रान्ड किन हुने छैनन् सहभागी?

आगामी भदौ २६ गतेदेखि हुने नाडा अटो शोमा नाडाकै पूर्वअध्यक्ष सौरभ ज्योतिले बिक्री गर्ने होन्डाका मोटरसाइकल तथा स्कुटर र होन्डाकै कारहरू प्रदर्शनीमा नराखिने भएको छ।

सौरभ ज्योतिको कम्पनी स्याकार ट्रेडिङ प्रालिले नाडाले गरेको सर्भेमा नाम नलेखाए पनि होन्डाका कार र मोटरसाइकल यो वर्षको अटो शोमा देखिने छैन। कारमो व्यापार न्यून भएपनि होन्डाका मोटरसाइकल र स्कुटरको व्यापार राम्रै हुँदा पनि सौरभ ज्योतिले नाडा अटो शोमा सहभागी नजनाउनु भनेको 'बहिस्कार' नै हो। 

त्यसैगरी विभिन्न ब्रान्डका दुई तथा चार पांग्रे सवारी बिक्री गर्दै आएको एमएडब्लू समूहले लुब्रिकेन्ट मात्र प्रदर्शनीमा राख्ने भएको छ। यो समूहले स्कोडा, जिप, यामाहालगायतका सवारी बिक्री गर्दै आएको छ। तर यी कुनै ब्रान्ड यो वर्षको नाडा अटो शोमा देखिने छैन। 

साथै टीभीएसका मोटरसाइकल तथा स्कुटर र प्रोटोनको कार बिक्री गर्दै आएको शंकर समूह अन्तर्गतको जगदम्बा मोटर्स पनि २०२३ को अटो शोमा सहभायी नहुने भएको हो। सांग्रिला मोटरले बिक्री गर्ने प्युजो पनि यो अटो शोमा हुने छैन। प्यासेन्जर कारमा आक्रामक अघि बढ्ने तयारीमा रहेको महिन्द्राका सवारी पनि यो वर्षको अटो शोमा सहभागी नहुने भएको छ। त्यस्तै बजारमा बलियो उपस्थिति बनाउँदै गएको विद्युतीय कार ब्रान्ड निटाले पनि सहभागिता नजनाउने भएको छ। यो ब्रान्ड सीजी मोटर्सले बिक्री गर्दै आएको छ। 

केही कम्पनीहरू व्यावसाय ठप्पप्रायः भएकाले सहभागी नभएका हुन् भने केही कम्पनीहरूले भने राम्रै व्यवयास गर्दैगर्दै पनि सहभागी हुन अनइच्छा देखाएका हुन् यसकाबीच संसारभर नै बिक्री हुने सबै ब्रान्ड र उत्पादक सबै अटो शोमा सहभागी हुन्छन् भन्ने छैन। नाडाले गरेको सर्भेको यो प्रारम्भिक नतिजा कार्यसमितिबाट स्वीकृत भने हुन बाँकी छ। कार्यसमिति समक्ष पेश गरिएको यो प्ररम्भिक प्रतिवेदनमा केही छुट भएको हुनसक्ने नाडाले जनाएको छ। 

नाडा अटो शो २०२३ मा सहभागी हुने कार ब्रान्ड

- सुजुकी

- एमजी

- माज्दा/म्याक्सस

- हुन्डाई

- बीएमडब्लू

- सुबारु

- इसुजु

- किया

- फोटोन 

- टोयोटा

- टाटा

- टेस्ला

- सिट्रोन

- ग्रेटवान माेटर

- फक्सवागन

- बीवाईडी

- निसान

- चेरी

- फोर्ड

मोटरसाइकल तथा स्कुटर ब्रान्ड

- केटीएम

- बजाज

- हिरो

- एनआईयू

- रोयल इनफिल्ड

- हिरो इलेक्ट्रिक

- गेसिटस्

- लुयुयान

- याडिया

- वान मोटो

- सेग्वे

- जोन्टस्

- सुजुकी 

नाडाका अध्यक्ष ध्रुव थापाको कम्पनी हिमालयन मोट्रोक्सले सहभागी हुने बताए पनि दुई पांग्रे ब्रान्डको नाम खुलाएको छैन। 

तीन पांग्रे

- अतुल

कमर्सियल

- फोर्स मोटर्स

अन्य कम्पनीहरू

- हिट्को प्रालि

- गुड डिल ट्रेडिङ प्रालि

- अर्बिट युनिभर्सल ओटोमोबाइल्स प्रालि

- हजुरलाई नमस्ते ट्रेडिलिंक प्रालि

- शिवओम शक्ति ट्रेडर्स

- युनिपेट्रो इनर्जी प्रालि

- एमएडब्लू पेट्रो पोडक्ट्स प्रालि

- लक्ष्मी ल्युव अइल

- ओ टेक ट्रेडर प्रालि

- भीजी अटोमोबाइल्स प्रालि

- नेपाल ल्युव अइल लिमिटेड

- फुजिमा अइल कम्पनी लि

- एसटीसी अटो प्रालि

- लक्ष्मी अटो कम्प

- नबिल बैंक

- हिमालयम बैंक 

- टाइम टू साइन प्रालि

- स्पार्क कार प्रालि

गत वर्ष सरकारले पेट्रोलियम सवारीको आयातमा प्रतिबन्ध लगाएका कारण नाडाले विद्युतीय सवारीमात्रै प्रदर्शनी गरेको थियो। पहिलो नाडा ईभी एक्सपोमा ८ वटा ब्रान्डका चार पांग्रे विद्युतीय सवारी र १५ वटा दुई पांग्रे विद्युतीय सवारी प्रदर्शमीमा सहभागी भएका थिए। गत वर्ष असोज ६ गतेदेखि सुरु भएको ‘नाडा ईभी एक्सपो २०२२’ ६ दिनसम्म चलेको थियो। यो वर्ष भने इच्छुक ब्रान्डका सबै प्रकारका सवारीहरू अटो शोमा राखिने छन्।   

नाडा अटो शो २०२३ मा विद्युतीय सवारी र पेट्रोलियम सवारीको अलग अलग पेविलियन बनाएर प्रदर्शनी गर्ने योजना अनुसार नाडाले तयारी गरिरहेको छ। अटो शोमा अटोमोबाइल क्षेत्रमा भइरहेका नवप्रवर्तन, आविष्कार, भविष्यका सवारी साधनका परिकल्पना, इन्जिनियरिङ, म्यानुफ्याक्चरिङ कम्पनीहरूका विज्ञ एवं जानकारहरूसँगको छलफल तथा अन्तक्रियासमेत समेटिने नाडाले जनाएको छ। 

अटो शोको नयाँ संस्करणमा नाडाले नेपालमा उपलब्ध भएका र एक्सपोमा सहभागी हुन इच्छुक सबै ब्रान्डलाई समेट्न योजनासहित सर्भे गराएको थियो। सर्भेको नतिजाअनुसार यो वर्षको नाडा अटो शोमा ५१ वटा कम्पनीको सहभागिता रहनेछ। 

त्यसका लागि नाडाले भृकुटीमण्डपको हलका साथै पार्किङ तथा गार्डेनमा समेत प्रदर्शनी कक्ष बनाउने योजना बनाएको छ। पार्किङको व्यवस्था भने टुंडिखेल वा खुलामञ्चमा गर्ने तयारी छ। यसका लागि सरोकारवालासँग छलफल सुरु भइसकेको छ। टुंडिखेल वा खुलामञ्चमा पार्किङ गराएर त्यहाँबाट सटल बस सञ्चालन गरेर आगन्तुकहरूलाई प्रदर्शनी कक्षसम्म ल्याउने व्यवस्था मिलाइने छ। 

नाडा अटो शो २०२३ मा १९ ब्रान्डका कार, १४ ब्रान्डका मोटरसाइकल तथा स्कुटर, एक एक वटा ब्रान्डका तीन पांग्रे र कमर्सियल, दुईवटा वाणिज्य बैंक र १६ वटा स्टेयर पार्टस तथा ब्याट्री कम्पनीहरूले सहभागी हुने इच्छासहित नाडाको सर्भेमा नाम लेखाएका हुन्। 

images

प्रकाशित : आइतबार, जेठ १४ २०८०१२:२१

प्रतिक्रिया दिनुहोस