मंगलबार, असार ३ गते २०८२    
मंगलबार, असार ३ २०८२
images
images

मकालु बेस क्याम्पमा एकको मृत्यु

images
शनिबार, जेठ १३ २०८०
images
images
मकालु बेस क्याम्पमा एकको मृत्यु

मकालु बेस क्याम्प जाँदै गरेका तुलाराम विष्ट शुक्रबार लेक लागेर बिरामी परेका थिए।

images
images

किमाथांका- सङ्खुवासभाको मकालु गाउँपालिका-२ मकालु बेस क्याम्पमा एक जनाको मृत्यु भएको छ।

images
images
images

मकालु गाउँपालिका-२ सेदुवाका ४० वर्षीय तुलाराम विष्टको लेक लागेर शुक्रबार मृत्यु भएको मकालु गाउँपालिका-२ का वडाध्यक्ष छोपाल शेर्पाले जानकारी दिए।

images
images

उनका अनुसार मकालु बेस क्याम्प जाँदै गरेका विष्ट शुक्रबार लेक लागेर बिरामी परेका थिए। विष्टले विदेशी टोलीको भरिया काम गर्दै आएका थिए। ‘उहाँ मकालु हिमाल आरोहणका लागि आएको विदेशी टोलीसँग पाँच दिनअघि घरबाट हिँडेका थिए’, वडाध्यक्ष शेर्पाले भने। विष्टको शव मकालु बेस क्याम्पबाट हेलिकप्टरमार्फत सेदुवा ल्याउने तयारी भइरहेको उनले बताए।

images
images
images

सदरमुकाम खाँदबारीबाट घटनास्थल पुग्न पाँच दिनको पैदल दुरीमा पर्दछ। घटनाका बारेमा आज बिहान ११ बजे जिल्ला प्रहरी कार्यालमा जानकारी आएको कार्यालयका प्रहरी नायब उपरीक्षक वीरेन्द्र गोदारले बताए। रासस 


प्रकाशित : शनिबार, जेठ १३ २०८००९:१२

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend