शनिबार, साउन १२ गते २०८१    
images
images
images

चितवनका दुई हजार ६ सय गाईभैँसीमा लम्पी स्किन

images
शनिबार, जेठ १३ २०८०
images
images
चितवनका दुई हजार ६ सय गाईभैँसीमा लम्पी स्किन

यो रोग विशेषगरी संक्रमित लामखुट्टे, झिँगा लगायतको टोकाइबाट लाग्ने गर्दछ।

images

चितवन- जिल्लामा पालिएका दुई हजार ६ सय ७४ गाईभैँसीमा लम्पी स्किनको समस्या देखिएको छ। भेटेरिनरी अस्पताल तथा पशु सेवाविज्ञ केन्द्र भरतपुरका अनुसार जिल्लाका सात पालिकामा गाईभैँसीमा लम्पी स्किनको समस्या देखिएको हो।

images
images

कार्यालयका पशु विकास अधिकृत डा रामचन्द्र आचार्यका अनुसार जिल्लामा सबैभन्दा बढी प्रभावित राप्ती नगरपालिका र इच्छाकामना गाउँपालिकाका किसान छन्। राप्ती नगरपालिकामा एक हजार तीन सय ७५ र इच्छाकामना गाउँपालिकामा सात सय ८५ गाईभैँसी यस रोगबाट प्रभावित भएका उनले जानकारी दिए।

images

यस्तै, माडी नगरपालिकामा एक सय ८३, खैरहनी नगरपालिकामा एक सय १०, कालिका नगरपालिकामा एक सय, रत्ननगर नगरपालिकामा ४५ र भरतपुर महानगरपालिकामा ७६ गाईभैँसी प्रभावित भएका छन्।

यो रोग ‘क्याप्री पोक्स’ नामक जीवाणुका कारण हुने डा आचार्यले बताए। गर्मीयाममा लामखुट्टे, झिँगालगायतका कारण यो रोगको प्रकोप देखिने गरेको उनको भनाइ थियो ।

images

डा आचार्यका अनुसार विगत केही दिनदेखि गाईभैँसीमा लम्पी स्किनको संक्रमण फैलिएको छ। 'गाईभैँसीमा यो रोग देखापरेमा उच्च ज्वरो आउने, दानापानी कम खाने, दूध उत्पादन घटाउने, छालामा एकदेखि पाँच सेन्टिमिटरको साह्रो गोलो गिर्खा देखिने, थुतुनो, ओँठ, मुख र नाकभित्र घाउ देखिने, आँखा र नाकबाट अत्यधिक मात्रामा तरल पदार्थ आउने, र्‍याल काढ्ने, लिम्फनोडहरू सुक्नेजस्ता लक्षण देखापर्छ', उनले भने।

यो रोग विशेषगरी संक्रमित लामखुट्टे, झिँगा लगायतको टोकाइबाट लाग्ने गर्दछ। संक्रमित गाईवस्तुको ओसारपसारबाट, सामुदायिक चरन क्षेत्र तथा दाना एवम् पानी खाने ठाउँबाट, प्राकृतिक वा कृत्रिम गर्भाधानबाट यो रोग सर्ने गरेको भेटेरिनरी अस्पतालले जनाएको छ। 

लम्पी स्किन रोग लाग्न नदिनका लागि खोप लगाउने, विश्वसनीय स्रोतबाट गाईभैँसी खरिद गर्ने, गोठलाई झिँगा, लामखुट्टे तथा अन्य किरोबाट मुक्त राख्ने, सरसफाइमा ध्यान दिने र आवश्यकतानुसार कीट विकर्षकको प्रयोग गर्नुपर्ने आचार्यले बताए। रोग लाग्नबाट बचाउनका लागि लम्पी स्किन विरुद्धको खोप लगाउनु पर्ने उनको भनाइ थियो। रासस


प्रकाशित : शनिबार, जेठ १३ २०८००९:००

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2024 All right reserved to biznessnews.com  | Site By : SobizTrend