मंगलबार, असार ३ गते २०८२    
मंगलबार, असार ३ २०८२
images
images

विराटनगरको हाटखोला मैदानमा एनसेलको भव्य कन्सर्ट

images
शनिबार, जेठ १३ २०८०
images
images
विराटनगरको हाटखोला मैदानमा एनसेलको भव्य कन्सर्ट

कन्सर्ट दिउँसो २ बजेबाट सुरु भइ बेलुका ८:३० बजेसम्म चल्ने छ।

images
images

काठमाडौं- एनसेल आजियाटा लिमिटेडले विराटनगरको हाटखोला मैदानमा भव्य कन्सर्टको आयोजना गरेको छ। 

images
images
images

चर्चित कलाकार तथा सांगीतिक समूहहरुको प्रस्तुतिका साथ एनसेलले शनिबार कन्सर्ट आयोजना गरेको हो।  प्रस्तुति
 
कन्सर्टमा चर्चित कलाकारहरु तथा ब्याण्ड दिपक बज्राचार्य र रिदम ब्यान्ड, आषिश राना (लाउरे), शिव परियार, द एलिमेन्ट्स, अस्मिता अधिकारी, सुनिल पण्डित, कलाकार केकी अधिकारी आदीको आ-आफ्ना प्रस्तुतिहरु राखी दर्शकहरुलाई मनोरञ्जन प्रदान गर्ने एनसेलले जनाएको छ। कन्सर्ट दिउँसो २ बजेबाट सुरु भइ बेलुका ८:३० बजेसम्म चल्ने छ।  
 
यस सांगीतिक कार्यक्रममा सहभागी हुन इच्छुक एनसेलका ग्राहकहरुले नजिकैको एनसेल सेन्टर वा आधिकारिक बिक्रेताकोमा सम्पर्क गरि कार्यक्रमको टिकट लिन सक्छन्। त्यसैगरी कन्सर्ट हुने स्थानबाट पनि ग्राहकहरुले टिकट लिन सक्छन्।   

images
images

कार्यक्रममा सहभागी सबैको सेवा सुविधाको लागि कार्यक्रम स्थलमा एनसेलको स्टल पनि रहने छ। स्टलमार्फत कम्पनीले प्रदान गर्दै आएको सेवा तथा सुविधाहरुका बारेमा जानकारी लिन सक्नेछन्। यस कार्यक्रमले हाल बजार शिथिल देखिएको अवस्थामा व्यापार तथा व्यावसायलाई चलायमान बनाउन सहयोग गर्ने एनसेलको विश्वास छ। 

images
images
images


प्रकाशित : शनिबार, जेठ १३ २०८००७:५३

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend