आइतबार, जेठ ६ गते २०८१    
images
images

वन अतिक्रमणले संकटमा पर्दै कम्दी जैविक मार्ग

images
शनिबार, जेठ १३ २०८०
images
images
वन अतिक्रमणले संकटमा पर्दै कम्दी जैविक मार्ग

मुलुकका प्रमुख सात जैविक मार्गभित्र पर्ने कम्दी जैविक मार्गलाई वन्यजन्तु आउजाउका लागि निकै सहज मानिन्छ।

images
images

राँझा- वन क्षेत्रमा बढ्दै गएको अतिक्रमणले बाँकेस्थित कम्दी जैविक मार्ग संकटमा पर्दै गएको छ।

images
images
images

नेपाल-भारत सीमावर्ती निकुञ्जमा वन्यजन्तु आउजाउ गर्ने कम्दी जैविक मार्ग मानव बस्ती विस्तार, वन फँडानी र अतिक्रमणका कारण ठाउँ-ठाउँमा मार्ग टुक्रिँदै गएको छ।

images

मुलुकका प्रमुख सात जैविक मार्गभित्र पर्ने कम्दी जैविक मार्गलाई वन्यजन्तु आउजाउका लागि निकै सहज मानिन्छ। दक्षिणतर्फ भारतको सुहेलवा राष्ट्रिय निकुञ्ज, पूर्व कपिलवस्तुको सरकारी वन, उत्तर बाँके राष्ट्रिय निकुञ्जलाई कम्दी जैविक मार्गले जोडेको बाँके राष्ट्रिय निकुञ्जका प्रमुख संरक्षण अधिकृत श्यामकुमार शाहले जानकारी दिए।

images
images

राप्ती सोनारी गाउँपालिका-६ अवस्थित राप्ती पीडित तथा गुलरी सामुदायिक वनमा राप्ती नदीको बाढी र अतिक्रमणका कारण जैविक मार्ग टुक्रिएको तथा कम्दी जैविक मार्ग टुक्रिएको स्थानमा जंगली जनावर असुरक्षित हुने र बस्तीमा पस्ने गरेको बाँके राष्ट्रिय निकुञ्जका प्रमुख संरक्षण अधिकृत शाह भनाइ छ।

images
images

अतिक्रमणका कारण टुक्रिएको वन जोड्न अतिक्रमण हटाउने र खाली सरकारी जग्गामा वृक्षरोपण गर्न सामुदायिक तथा राष्ट्रिय वन विकासका कार्यक्रम तय गरिएको डिभिजन वन कार्यालयका सूचना अधिकारी गणेशबहादुर खड्काले बताए।

उनका अनुसार कम्दी जैविक मार्गअन्तर्गत राप्ती सोनारी-६ अवस्थित राप्ती पीडित तथा गुलरी सामुदायिक वन क्षेत्रमा भएको करिब एक सय हेक्टर अतिक्रमण वन कार्यालयले हटाएको छ। अतिक्रमणका कारण खाली भएको क्षेत्रमा अहिले तारवार गरेर वृक्षरोपण गर्न थालिएको छ।

कम्दी जैविक मार्गअन्तर्गत राप्ती सोनारी-६ अवस्थित राप्ती पीडित तथा गुलरी सामुदायिक वनको मसुरियामा राप्ती नदीको बाढी र अतिक्रमणका कारण टुक्रिएको वन जोड्न तारवार गरिएको तराई भू-परिधि कार्यक्रमका सह-प्रबन्धक कमलराज राईले जानकारी दिए। उनका अनुसार राप्ती पीडित तथा गुलरी सामुदायिक वनमा जिल्ला वन कार्यालयले हटाएको अतिक्रमित क्षेत्रमध्ये करिब ८५ हेक्टर क्षेत्रफलमा तारवार गरेर संरक्षणको थालनी गरिएको छ। जैविक मार्गअन्तर्गत टुक्रिएको वन जोड्ने क्रमशः अन्य क्षेत्रमा पनि काम गरिने भएको छ।

यो मार्ग भएर बाघ, हात्तीलगायत वन्यजन्तु आउजाउ गर्छन्। वन्यजन्तु ओहर-दोहर गर्ने कम्दी जैविक मार्गअन्तर्गत कोहलपुर नगरपालिका-७ जोगीडाँडास्थित शक्ति सामुदायिक वनमा तराई भू-परिधि कार्यक्रममार्फत कृतिम पोखरी निर्माण गरिएको छ।

तराई भू-परिधि कार्यक्रमका सहजकर्ता तिलक चौधरीले निकुञ्जसँगको सहकार्यमा कम्दी जैविक मार्गका साथै निकुञ्ज क्षेत्रमा प्राकृतिक र कृत्रिम ताल निर्माण तथा व्यवस्थापनलगायतका काम गरिएको जानकारी दिए। रासस


प्रकाशित : शनिबार, जेठ १३ २०८००७:३४

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2024 All right reserved to biznessnews.com  | Site By : SobizTrend