आइतबार, भदौ २३ गते २०८१    
images
images

आज तीन बैंकसहित ५ कम्पनीको साधारणसभा, कुनकाे कति लाभांश पारित हुने ?

images
मंगलबार, कात्तिक १६ २०७८
images
images
आज तीन बैंकसहित ५ कम्पनीको साधारणसभा, कुनकाे कति लाभांश पारित हुने ?
images
images

काठमाडौं- मंगलाबार तीन वाणिज्य बैंक सहित पाँच कम्पनीको साधारणसभा हुँदैछ। कुमारी बैंक, सिटिजन्स बैंक इन्टरनेशनल, सांग्रिला डेभलपमेन्ट बैंक, साल्ट ट्रेडिङ कर्पोरेशन र शिवम् सिमेण्ट्सले साधारणसभा गर्न लागेका हुन्।

images
images
images

कुमारी बैंकले बिहान ११ः३० बजे नक्सालस्थित कार्यालयमा साधारण सभा बोलाएको हो। सभाले ६ प्रतिशत बोनस सेयर र २.६७ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गर्नेछ।

सिटिजन्स बैंकले प्रधान कार्यालय दरबारमार्गमा अपरान्ह ४ बजे सभा डाकेको छ। उक्तसभाले १२.९१ प्रतिशत बोनस सेयर र ३.०८७ प्रतिशत नगद लाभांश करसहित वितरण गर्ने प्रस्ताव पारित गर्नेछ।

यस्तै, सांग्रिला डेभलपमेन्ट बैंकले मंगलबार बिहान १० बजे लैनचौर ब्याक्वेटमा सभा गर्ने भएको हो। उक्त सभाले सभाले १० प्रतिशत बोनस सेयर र ०.५२ प्रतिशत नगद लाभांश कर प्रयोजनको लागि वितरण गर्ने प्रस्ताव पारित गर्नेछ।

images

त्यसैगरि बिहान ११ बजे केन्द्रीय कार्यालय कालिमाटीमा हुने साल्ट ट्रेडिङ कर्पोरेशनको सभाले २० प्रतिशत बोनस सेयर र ५ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गर्नेछ। मंगलबार होटेल सोल्टीमा सभा आयोजना गरेको शिवम् सिमेण्टले २९ प्रतिशत नगद लाभांश करसहित वितरण गर्ने प्रस्ताव पारित गर्नेछ।


प्रकाशित : मंगलबार, कात्तिक १६ २०७८०१:४७

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2024 All right reserved to biznessnews.com  | Site By : SobizTrend