सोमबार, वैशाख २९ गते २०८२    
सोमबार, वैशाख २९ २०८२
images
images

२० तोला सुन र ३६ किलो चाँदी चोरीमा संलग्न तीनजना पक्राउ

images
बिहीबार , जेठ ११ २०८०
images
२० तोला सुन र ३६ किलो चाँदी चोरीमा संलग्न तीनजना पक्राउ

२० तोला सुन र ३६ किलो चाँदी चोरीमा संलग्न तीन जना पक्राउ परेका छन्।

images
images

काठमाडौं- सुन चाँदीका गहना चोरीमा संलग्न तीन जना पक्राउ परेका छन्। 

images
images
images

मोरङमा ६१ लाख रुपैयाँ बराबरको सुनचाँदी चोरी भएको घटनामा संलग्न रहेको आरोपमा प्रहरीले विराटनगर महानगरपालिका- १२ का २१ वर्षीय राजकुमार कामत, सोही ठाउँका १९ वर्षीय विवेक कामत र २२ वर्षीय श्रीकान्त दासलाई पक्राउ गरेको हो।

images
images

जेठ ३ गते विराटनगर–३ पिपलचोकस्थित जयकिशोरी चौधरीको घरमा चोरीको भएको भन्दै पौन १० बजे प्रहरी कन्ट्रोल १०० मा फोन आएपछि प्रहरीले अनुसन्धान अघि बढाएको थियो। पीडितका अनुसार उनको घरबाट २० तोला सुन (अन्दाजी मूल्य २० लाख) र ३६ केजी चाँदी (अन्दाजी मूल्य ४१ लाख) चोरी भएको थियो।

images
images

पीडित जय किशोर चौधरी र खाँ ज्वेलर्सका सञ्चालक ज्योती प्रसाद खाँले सुन चाँदीको कारोबार अन्तर साझेदारीमा गर्ने गरेका थिए, जसकारण उक्त सामानहरु जय किशोर चौधरीको घरमा राख्ने गरेको प्रहरी अनुसन्धानबाट खुलेको थियो।

उक्त चोरी घटनामा जिल्ला प्रहरी कार्यालय मोरङबाट छुट्टै ८ जनाको टोली परिचालन गरिएको थियो। अनुसन्धान गर्ने टोलीले विगत ७ दिनदेखि यस घटनालाई सुक्ष्म तवरले अनुसन्धान गर्दै सूचना सकंलन गर्ने तथा निगरानी गरिरहेको थियो।

पक्राउ परेकाहरु छिमेकी हुन्। उनीहरुले पहिलेदेखि नै चोरीको काम गर्दै आएको प्रहरीले जनाएको छ। प्रहरीका अनुसार पटक-पटक चोरी मुद्दामासमेत उनीहरु पक्राउ परेको पाइएको छ।

चोरी गरेको सुन भारतको जोगवनीमा ७ लाखमा बेचेको कुरा अनुसन्धानबाट खुल्न आएको छ। उनीहरुको साथबाट प्रहरीले ३५ किलो चाँदी र ८ ग्राम सुनसमेत बरामद गरेको छ।


प्रकाशित : बिहीबार , जेठ ११ २०८०१३:०१

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend