मंगलबार, असार ३ गते २०८२    
मंगलबार, असार ३ २०८२
images
images

आर्थिक संकट समाधानमा सहकार्य जरुरी : महासंघ अध्यक्ष ढकाल

images
बिहीबार , जेठ ११ २०८०
images
images
आर्थिक संकट समाधानमा सहकार्य जरुरी : महासंघ अध्यक्ष ढकाल

भेटवार्तामा दिगो विकासका लक्ष्य प्राप्ति र अतिकम विकसित मुलुकबाट स्तरोन्नतिबाट पर्न सक्ने प्रभाव न्यूनीकरणका लागि सहकार्य गर्ने विषयमा छलफल भएको महासंघले जनाएको छ।

images
images

काठमाडौं- नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले महासंघले अहिलेको आर्थिक संकट समाधानका लागि सहकार्यका गर्न विकास साझेदारसमक्ष आग्रह गरेका छन्।

images
images
images

समस्या समाधानका लागि रणनीति तय गर्ने, लगानीको वातावरण बनाउने, दक्ष जनशक्ति उत्पादन तथा  रोजगारी सृजना गर्ने प्रमुख प्राथमिकतामा सहकार्य गर्न उनले आग्रह गरे।

images
images

नेपालका लागि संयुक्त राष्ट्र संघका आवासीय संयोजक हाना सिंगरलाई महासंघ सचिवालयमा स्वागत गर्दै अध्यक्ष ढकालले निजी क्षेत्र र विकास साझेदारबीच सहकार्य बढाउन आग्रह गरेका हुन्।

images
images
images

भेटवार्तामा दिगो विकासका लक्ष्य प्राप्ति र अतिकम विकसित मुलुकबाट स्तरोन्नतिबाट पर्न सक्ने प्रभाव न्यूनीकरणका लागि सहकार्य गर्ने विषयमा छलफल भएको महासंघले जनाएको छ।

साना तथा मझौला उद्योग व्यवसायको क्षमता विकास, दक्ष जनशक्ति उत्पादन, निजी क्षेत्र र तीनवटै तहका सरकारसँगको सहकार्यलगायतका विषयमा सहकार्य गर्नेबारे पनि छलफल भएको थियो। 

अध्यक्ष ढकालले महासंघको मुलुकभर बलियो सञ्जाल हुनुका साथै तल्लो तहसम्म पुग्न सक्ने संरचना भएकाले दिगो विकासका लक्ष्य पूरा गर्न महासंघ महत्वपूर्ण साझेदार हुन सक्ने बताए।

आवासीय संयोजक हाना सिंगरले महासंघका अध्यक्षले राखेको विषयलाई आफूले महत्वका साथ लिएको बताइन्। उनले दिगो विकासका लक्ष्य र स्तरोन्नतिका विषयमा विशेष चासो राखेकी थिइन्।। दिगो विकासका लक्ष्य हासिलमा स्तरोन्नतिबाट पर्ने प्रभाव न्यूनीकरणका लागि महासंघको भूमिका प्रभावकारी हुने उनको भनाइ छ।

स्तरोन्नतिलाई सहज बनाउन रणनीति तयार पार्ने क्रममा सरकार, निजी क्षेत्र र संयुक्त राष्ट्र संघले सहकार्य गर्न सक्ने उनले बताइन्। औपचारिक भेटमा संयुक्त राष्ट्रसंघ नेपाल कार्यालय र महासंघ सचिवालयका अधिकारीहरुको उपस्थिति थियो। रासस


प्रकाशित : बिहीबार , जेठ ११ २०८०११:३९

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend