आइतबार, वैशाख २८ गते २०८२    
आइतबार, वैशाख २८ २०८२
images
images

सेयर बजारलाई नै असर पर्नेगरी बैंकको आरओई घट्दो ट्रेण्डमा

images
शुक्रबार, जेठ १२ २०८०
images
सेयर बजारलाई नै असर पर्नेगरी बैंकको आरओई घट्दो ट्रेण्डमा

चार्टर्ड, एभरेष्ट, नेपाल एसबीआई र ग्लोबल आइएमई बैंकको मात्र आरओई बढेको छ। बाँकी सबै बैंकको आरओईमा गिरावट देखिएको छ। सबैभन्दा कम कृषि विकास बैंकको ४.२५ प्रतिशत मात्र रहेको छ।

images
images

काठमाडौं- अर्बौं लगानी हुने बैंकहरुमा पछिल्लो समय सम्पत्तिमाथिको प्रतिफल अर्थात् रिटर्न अन इक्विटी (आरओई) घट्दो ट्रेण्डमा गएको छ। बैंकहरुको नाफा अर्बौंमा देखिए पनि उनीहरुले आफूले कति लगानी गरेर कति नाफा गरे भन्ने मुल विषय आउने गर्दछ। अहिले आरओई घटेपछि यसको असर सेयर बजारमा समेत परेको छ। 

images
images
images

सेयर लगानीकर्ताले कुनै पनि कम्पनीको सेयरमा आरओई हेरेर लगानी गर्ने गर्छन्। आरओई चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्म आइपुग्दा १०.८० प्रतिशतमा झरेको छ। गत वर्षको तेस्रो त्रैमासिकसम्म १३.५४ प्रतिशत रहेको थियो।

images
images

१२ वर्ष आगाडि बैंकहरुको आरओई २६.४१ प्रतिशतसम्म रहेको थियो। अहिले चुक्ता पुँजी बढ्दै जानु तथा आम्दानीका स्रोतहरु घट्दै जानुले आरओईमा असर गरेको छ।

images
images
ROE.JPG

वाणिज्य बैंकहरूले तेस्रो त्रैमासमा ४८ अर्ब १८ करोड ६३ लाख ३४ हजार रूपैयाँ नाफा गरेका छन्। तर गतवर्ष सोही अवधिमा ५१ अर्ब १ करोड ७८ लाख २० हजार रूपैयाँ नाफा गरेका थिए।

‘नाफा खुम्चिएपछि आयकरसमेत घटेको हो, नाफा अझै घट्ने देखिन्छ,’ नेपाल बैंकर्स संघका अध्यक्ष सुनिल केसीले भने। पछिल्लो समय ठूलो पैसा प्रोभिजन गर्नु परेकोले नाफामा असर गरेको बताउँछन्। नाफा घटेर आरओईमा समेत असर परेको अध्यक्ष केसी बताउँछन्। 

बैंकहरुले अर्बौं नाफा कमाएको वित्तीय विवरण प्रकाशित हुने भएकाले धेरैको नजर त्यो अंकमाथि पर्ने तर आरओई घटेकोमा नजर कसैको नपरेको अध्यक्ष केसी बताउँछन्। बैंकको कमाइ कति भयो भनेर आरओई हेर्नुपर्छ। बैंकले आफ्नो पुँजी कति लगानी गरेको छ र उक्त लगानीमा कति प्रतिशत नाफा कमाएको छ? यसतर्फ हेर्नुपर्ने अध्यक्ष केसी बताउँछन्।

वाणिज्य बैंकहरुको औसत आरओई चालु आर्थिक वर्षको तेस्रो त्रैमासमा १०.८० प्रतिशत रहेको छ। १० वटाको आरओई औसतभन्दा माथि रहेको छ भने अन्य १० वटाको आरओई औसतभन्दा तल रहेको छ। सबैभन्दा बढी एनआईसी एसिया बैंकको आरओई १८.६० प्रतिशत रहेको छ। यस्तै, स्ट्यान्डर्ड चार्टर्डको पनि १८.०८ प्रतिशत रहेको छ।

चार्टर्ड, एभरेष्ट, नेपाल एसबीआई र ग्लोबल आइएमई बैंकको मात्र आरओई बढेको छ। बाँकी सबै बैंकको आरओईमा गिरावट देखिएको छ। सबैभन्दा कम कृषि विकास बैंकको ४.२५ प्रतिशत मात्र रहेको छ। समग्रमा हेर्दा विगत वर्षहरुमा उल्लेख्य मात्रामा चुक्ता पुँजी वृद्धि नगरेका वाणिज्य बैंकहरु इक्विटीमा प्रतिफलको सूचीमा अरुभन्दा अगाडि देखिएका छन्।

कुन बैंककाे कति?

ROE NEW.JPG


प्रकाशित : शुक्रबार, जेठ १२ २०८०००:४१

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend