शुक्रबार, वैशाख १४ गते २०८१    
images
images

विद्युतीय कार उत्पादन क्षमता बढाउन भारतमै १० अर्ब डलर लगानी 

images
images
images
विद्युतीय कार उत्पादन क्षमता बढाउन भारतमै १० अर्ब डलर लगानी 

कार उत्पादकहरुले करिब २० लाख वार्षिक जडित ईभी उत्पादन क्षमतालाई २०३० सम्म पुग्दा ७५ लाख वटासम्म पुर्‍याउने योजना बनाएका छन्।

images
images

काठमाडौं- पेट्रोलियम सवारीको विकल्पका रुपमा दरिएर उभिएको विद्युतीय सवारीको प्रयोग र उत्पादन बढदो क्रममा छ। संसारले प्रदूषण शून्य सवारीलाई प्राथमिकता दिनमात्र नभइ भविष्यको सवारीसाधनका रुपमा ग्रहण नै गरिसक्यो। 

images
images
images

विश्वभरका ठूल्ठूला सवारी उत्पादकले विद्युतीय सवारी उत्पादनको क्षेत्रमा खर्बौं डलर लगानी गरिरहेका र गर्दैछन्। छिमेकी मुलुक भारतमा पनि विद्युतीय सवारी उत्पादन प्राथमिकता पर्दैछ। 

images

भारतीय र अन्य देशमा सवारी उत्पादक कम्पनीले समग्रमा भारतमा १० अर्ब अमेरिकी डलरभन्दा बढी लगानी गर्ने भएका छन्। यो लगानी सबै कम्पनीले गरेको घोषणाको योग हो र सो लगानी २०३० सम्ममा भारतमा हुने ईटीआईजीले गरेको डेटा योगबाट देखिएको हो। सरकारको ध्यान अब इन्टरनल कम्बस्चन इन्जिनबाट ईभीतर्फ गइरहेको छ। 

images

उक्त पुँजीगत लगानी विद्युतीय सवारी उत्पादन प्लान्टका साथै सेल तहसम्मको ब्याट्री उत्पादन र ग्रिड चार्जिङ पूर्वाधार निर्माणसम्म हुनेछ। कार उत्पादकहरुले करिब २० लाख वार्षिक जडित ईभी उत्पादन क्षमतालाई २०३० सम्म पुग्दा ७५ लाख वटासम्म पुर्‍याउने योजना बनाएका छन्।

images
images

उक्त अवधिसम्म पुग्दा भारतमा वार्षिक १ करोड ५५ लाख विद्युतीय दुई पांग्रे सवारी उत्पादन क्षमता विस्तार हुने अनुमान गरिएको छ। जुन अहिलेको पेट्रोल दुई पांग्रे सवारीको कुल वार्षिक जडित क्षमताको दुई तिहाइ बराबर हो। 

यसरी एक दशकमै नयाँ सेगमेन्टको सवारी उत्पादनको क्षमता विस्तार भएको यसअघि नदेखिएको एसएण्डपी ग्लोबल मोबिलिटीका निर्देशक पुनीत गुप्ताले बताएको इकोनोमिक टाइम्सले लेखेको छ। तर यसमा ब्याट्री उत्पादन क्षमताले सो संख्यामा विद्युतीय सवारी उत्पादनमा सहयोग पुग्नेमा भने संशय रहेको उनको भनाइ छ। 

ब्याट्री उत्पादनमा त्यति ठूलो पुँजीगत लगानीले कस्तो परिणाम दिन्छ त्यो भने हेर्न बाँकी रहेको छ। ब्याट्री र विद्युतीय सवारी उत्पादनमा भारतमा जुन लगानी हुँदैछ त्यो चुनौतीपूर्ण कोसेढुंगा हुने सोसाइटी अफ इन्डियन अटोमोबाइल म्यानुफ्याक्चरर्स एसोसिएसनका अध्यक्ष विनोद अग्रवालको भनाइ छ। तथापि यसले भारतको ५० खर्ब डलरको अर्थतन्त्र बन्नमा भने ठूलै सहयोग गर्नेछ। 

कार उत्पादक कम्पनीहरुले गरेको प्रतिबद्धताअनुसार २०२५ भित्रमा लगानी गरेमा २०३० सम्म पुग्दा भारतमा बिक्री हुने कुल कारमध्ये ईभीको हिस्सा ३० प्रतिशतसम्म पुग्ने अनुमान गरिएको छ। ब्याट्रीको रेन्ज बढ्ने हो भने मानिसमा रहेको रेन्ज एन्जाइटी र ईभीको स्वीकार्यतामा वृद्धि हुनेछ। 

२०३० मा पुग्दा भारतमा वार्षिक १५ लाख ४० हजार विद्युतीय कार बिक्री हुनेछ। भर्खरै सकिएको आर्थिक वर्ष २०२३ मा भारतमा ४७ हजार २ सय ४१ वटा विद्युतीय कार बिक्री भएको थियो। 

भारतीय कार उत्पादकमध्ये मारुती सुजुकी कार उत्पादन क्षमता करिब दोबर बनाउँदै छ। हाल मारती सुजुकीको वार्षिक जडित क्षमता २२ लाख ५० हजार रहेको छ भने यसलाई वर्षिक ४० लाख पुर्‍याउने योजना अघि सारिएको छ। यो क्षमतामा २०३१ सम्ममा पुग्ने र त्यतिन्जेल मारुती सुजुकीले ६ वटा विद्युतीय कार बजारमा ल्याइसक्नेछ। 

गत महिना बताएअनुसार मारुती सुजुकीले उल्लेखित क्षमता हासिल गर्न ४५ अर्ब भारु लगानी गर्नेछ। मारुतीको पहिलो विद्युतीय कार बिक्रीका लागि २०२५ मा बजारमा आउनेछ। 

महिन्द्रा र टाटा मोटर्सले विद्युतीय सवारीमा क्रमशः १० अर्ब र १५ अर्ब भारु पुँजीगत लगानी गर्ने बताइसकेका छन्। यो लगानी आगामी ५ देखि ७ वर्षभित्र हुनेछ। यो समय क्रमसँगै बढ्दै जाने अनुमान गरिएको छ। 

त्यस्तै कोरियाली कार उत्पादक कम्पनी हुन्डाईले भारतमा आगामी १० वर्षभित्रमा २ अर्ब ४५ करोड डलर लगानी गर्ने घोषणा हालै मात्र गरेको हो। हुन्डाईले भारतको तामिलनाडूमा रहेको उत्पादन प्लान्टमा विद्युतीय कार उत्पादन क्षमता बढाउन उक्त रकम खर्चने छ। हाल हुन्डाईको उक्त प्लान्टमा वार्षिक जडित क्षमता ७ लाख ७५ हजार ५ भने सो लगानीपछि जडित क्षमता ८ लाख ५० हजार पुग्नेछ। अन्य सवारी उत्पादकले पनि विद्युतीय सवारीमा लगानी बढाउँदै लगेका छन्। 

images

प्रकाशित : शनिबार, जेठ १३ २०८००८:३०

प्रतिक्रिया दिनुहोस