काठमाडौं- कृषि विकास बैंकका अध्यक्ष लक्ष्मी प्रपन्न निरौलाले राजीनामा दिएका छन्।
उनले कात्तिक १२ गतेदेखि नै लागु हुने गरी बैंकको अध्यक्ष पदबाट राजीनामा दिएको बताए।
सरकारको नेतृत्व गर्ने तथा अर्थमन्त्रीले पदबाट राजीनामा दिए मार्ग प्रशस्त गर्ने गरी आशय प्रकट गरेपछि राजीनामा दिएको निरौलाले बताए। निरौलालाई तत्कालीन अर्थमन्त्री युवराज खतिवडाले उनलाई नियुक्ति गरेका थिए।