मंगलबार, असार ३ गते २०८२    
मंगलबार, असार ३ २०८२
images
images

वर्षासँगै मनाङको सडक सञ्जाल टुट्दै

images
बिहीबार , जेठ ११ २०८०
images
images
वर्षासँगै मनाङको सडक सञ्जाल टुट्दै

डुम्रे-बेँसीसहर-चामे सडकअन्तर्गत नासो गाउँपालिका-१ सिरानतालमा सुक्खा पहिरो खसेको छ, सडक अवरुद्ध भएको छ।

images
images

मनाङ- प्रि-मनसुन सुरूवात भएसँगै पश्चिमी वायुको प्रभावका कारण हिमाली जिल्ला मनाङको सडक सञ्जाल टुट्दै गएको छ। छिमेकी जिल्ला लमजुङमा दैनिक वर्षा भइरहेको छ भने मनाङमा सुक्खा पहिरो खस्न थालेको छ।

images
images
images

डुम्रे-बेँसीसहर-चामे सडकअन्तर्गत नासो गाउँपालिका-१ सिरानतालमा सुक्खा पहिरो खसेको छ। सुक्खा पहिराका कारण सडक अवरुद्ध भएको नासो-५ का वडाध्यक्ष थुदेन लामाले जानकारी दिए। 'वर्षायाम सुरूवात हुनासाथ मनाङमा जोखिम बढेको छ, यात्रुमात्रै आवतजावत गर्नसमेत सकस भएको छ', उनले भने।

images
images

उनका अनुसार बुधबार साँझदेखि चट्टानसहितको सुक्खा पहिरो खस्दा सडक अवरुद्ध भएको छ। 'अवरुद्ध सडक आजदेखि खुलाउने प्रयास भएको छ, उक्त सडकअन्तर्गत अन्य स्थानमा भने अवरुद्ध रहेको छैन', उनले भने। 

images
images
images

दुई वर्षअघि पहिराका कारण भत्किएको सडक मर्मत गर्दा रहेका चट्टान खसेर अवरुद्ध भएको सडक खुलाउन एस्काभेटर ल्याउँदै गरेको डुम्रे-बेंसीसहर-चामे सडक आयोजना कार्यालयका सब इञ्जिनियर सुमन अधिकारीले जानकारी दिए।

'पहिरो खसेको स्थानमा आइपुगेका छौँ', आज सडक खुलाउने प्रयासमा जुटेका छौँ', उनले भने, 'आज मनाङ मात्रै नभई प्रदेशमा नै मौसम प्रतिकूल देखाएको छ, तर पनि यहाँको मौसम सफा त छैन, अनुकूल नै रहेमा आजै सडक खुल्छ।'

वर्षायाम वा अन्य समयमा पनि मनाङको यात्रा सहज भने छैन। वर्षायाम सुरूवात भएसँगै अझ बढी जोखिम बढ्ने गर्छ। वर्षायाममा पर्ने झरीका कारण एक ठाउँमा मर्मत गर्न नभ्याउँदै अर्को स्थानमा सडक भत्किँने हुँदा मनाङवासी तथा पर्यटक आवतजावतमा समस्या हुने गरेको छ। रासस


प्रकाशित : बिहीबार , जेठ ११ २०८००८:५५

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend