मंगलबार, असार ३ गते २०८२    
मंगलबार, असार ३ २०८२
images
images

स्याङ्जाका ६ हजार करदाताले बुझाएनन् आयकर विवरण

images
बिहीबार , जेठ ११ २०८०
images
images
स्याङ्जाका ६ हजार करदाताले बुझाएनन् आयकर विवरण

गत चैत २५ गतेसम्म ६ हजार पाँच सय १५ जनाले आय विवरण बुझाउन बाँकी रहेकामध्ये बैशाख मसान्तसम्म चार सय पाँच जनाले आय विवरण बुझाएको प्रमुख कर अधिकृत शोभाकान्त पंगेनीले जानकारी दिए।

images
images

वालिङ- गत बैशाख २५ गतेसम्म स्याङ्जाका छ हजार बढी करदाताले आयकरतर्फको आय विवरण बुझाएका छैनन्।

images
images
images

करदाता सेवा कार्यालयमा दर्तामा रहेका कुल १४ हजार चार सय ४७ संघसंस्था, कम्पनी, समूह, समिति र फर्म रहेकामा ६ हजार एक सय १० करदाताले आयकर विवरण नबुझाएका हुन्।

images
images

गत बैशाख मसान्तसम्म करदाता सेवा कार्यालयमा आयकरतर्फको आय विवरण नबुझाउने ६ हजार एक सय १० करदातालाई आय विवरण बुझाउन पत्राचार तथा सूचना जारी गरिएको कार्यालय प्रमुख कर अधिकृत शोभाकान्त पंगेनीले बताए।

images
images
images

गत चैत २५ गतेसम्म ६ हजार पाँच सय १५ जनाले आय विवरण बुझाउन बाँकी रहेकामध्ये बैशाख मसान्तसम्म चार सय पाँच जनाले आय विवरण बुझाएको उनले बताए। प्रत्येक आर्थिक वर्ष सकिएपछि असोज मसान्तभित्र आय विवरण बुझाउनुपर्नेमा करदाताले आय विवरण नुबझाएपछि पत्राचार तथा फोन सम्पर्क भइरहेको उनले जानकारी दिए।

'कतिपयले व्यापार व्यवसाय छाड्नुभयो तर स्थायी लेखा नम्बर बन्द गर्नुभएको छैन', उनले भने, 'व्यापार व्यवसाय छाडेको भए समयमै स्थायी लेखा नम्बर स्थगन गर्न करदातालाई पत्राचार गरिएको छ।'

व्यापार व्यवसाय सञ्चालन गर्न छाडे पनि थाहा नभएकै कारण यी समस्या देखिएका हुनसक्ने भएकाले वस्तुगत संघसंस्था, जिल्लास्थित उद्योग वाणिज्य संघमार्फत र स्वयं करदातालाई टेलिफोन वा म्यासेजमार्फत आयकर विवरण बुझाउन ताकेता गरिएको उनले बताए।

समयमै आयकर नबुझाउने करदातालाई आन्तरिक राजस्व कार्यालयबाट आयकर ऐन २०५८ अनुसार अन्य कानूनी कारबाही तथा विलम्ब शुल्क लिने व्यवस्था रहेको छ। जिल्लाका ११ पालिकामध्ये करदाता सेवा कार्यालयले पत्राचार गरेसँगै विवरण बुझाउने सम्पर्कमा आई विवरण बुझाउन थालेकाले संख्या घट्दै गएको छ।

उनका अनुसार बैशाख मसान्तसम्म वालिङ नगरपालिकाभित्रका एक हजार आठ सय ८९, पुतलीबजार नगरपालिकाका एक हजार तीन सय २०, भिरकोट नगरपालिकाका तीन सय ९०, चापाकोट नगरपालिकाका पाँच सय ७९, गल्याङ नगरपालिकाका छ सय ९६ करदाताले आयकर विवरण बुझाएका छैनन्।

आँधीखोला गाउँपालिकाका दुई सय २६, फेदीखोला गाउँपालिकाका दुई सय ५८, बिरुवा गाउँपालिकाका एक सय ३५, अर्जुनचौपारी गाउँपालिकाका एक सय ७४, कालीगण्डकी गाउँपालिकाका दुई सय एक र हरिनाश गाउँपालिकाका दुई सय ४२ करदाताले आयकर विवरण बुझाउन बाँकी छ।


प्रकाशित : बिहीबार , जेठ ११ २०८००८:४५

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend