आइतबार, असोज ७ गते २०८०    

ताराखोलामा श्रम रोजगार बैंक

images
ताराखोलामा श्रम रोजगार बैंक

बागलुङको ताराखोला गाउँपालिकाले श्रम रोजगार बैंक स्थापनाका लागि ६० श्रमिक सूचीकृत गरी प्रक्रिया अघि बढाएको छ।

images

बलेवा- बागलुङको ताराखोला गाउँपालिकाले श्रम रोजगार बैंक स्थापनाका लागि ६० श्रमिक सूचीकृत गरी प्रक्रिया अघि बढाएको छ। उक्त गाउँ पालिकाले एकवर्षे कार्यकालको उपलब्धि सार्वजनिक गर्ने क्रममा सो कुरा जनाएको हो। 

images

चालु आर्थिक वर्षमा एउटा ऐन र पाँच कार्यविधि पारित गरिएको छ। सार्वजनिक निजी साझेदारी तथा लगानी ऐन २०७९, ‘घ’ वर्गको निर्माण व्यवसायी इजाजतपत्रसम्बन्धी कार्यविधि-२०७९, नगर प्रहरी सञ्चालन तथा व्यवस्थापनसम्बन्धी कार्यविधि २०७९ तयार पारिएको छ। 

images

यस्तै सञ्चित कोषको आन्तरिक लेखापरीक्षणसम्बन्धी कार्यविधि, शहीद, घाइते, अपाङ्गता र बेपत्ता भएका व्यक्तिलाई जीवन निर्वाह भत्ता वितरण तथा रोजगार कार्यक्रम सञ्चालन कार्यविधि र सार्वजनिक सुनुवाइसम्बन्धी कार्यविधि २०७९ निर्माण गरिएको पालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत प्रकाश गैरेले जानकारी दिए।

images

शहीद सप्ताह कार्यक्रमअन्तर्गत २७ शहीद परिवारलाई प्रतिमहिना एक हजारका दरले आठ महिनाको एकमुष्ट आठ हजारका दरले दुई लाख १६ हजार रूपैयाँ जीवन निर्वाह भत्ता वितरण गर्नाका साथै गाउँपालिकामा बसोबास गरी सरकारी तलबभत्ता खाने जनप्रतिनिधि, शिक्षक तथा कर्मचारीका छोराछोरीलाई अनिवार्यरुपमा सरकारी विद्यालयमा भर्ना गराउन सुरुवात गरिएको जनाइएको छ।

images

कक्षा १ र २ को स्थानीय पाठ्यपुस्तक लागू गरेको पालिकाले कक्षा ३ को पाठ्यपुस्तक छपाइ भइरहेको जनाएको छ। स्वास्थ्यतर्फ अमरभूमि र ताराखोला स्वास्थ्यचौकीमा प्रसूति प्रतिक्षा घर, भुस्कात र साँघुबोटमा बर्थिङ सेन्टरको भवन निर्माण गरिएको जनाइएको छ। 

पालिकाले बितेको एक वर्षमा फलफूल दशकअन्तर्गत बिरुवा रोपण कार्यक्रमका लागि स्याउ, ओखर, आल्मोण्ड, किबीलगायत छ हजार फलफूलका बिरुवा चार सय ५० किसानलाई वितरण गरेकोे र किसान परिचयपत्र वितरण अन्तिम चरण रहेको अध्यक्ष धनबहादुर विकले जानकारी दिए।

पूर्वाधारतर्फ सडक स्तरोन्नति, सांस्कृतिक संग्रहालय निर्माण, घुस्मेली कभर्ड हल निर्माण, भुस्कात खानेपानी आयोजना निर्माण, सात विद्यालयको भवन निर्माण, औद्योगिक ग्राममा जग्गा विकास निर्माण प्रक्रियालाई निरन्तरता र जग्गा वर्गीकरणको काम अन्तिम चरणमा पुगेको जनाइएको छ।

चालु आर्थिक वर्षमा ७२ प्रतिशत भौतिक प्रगति गरेको पालिकाले ठेक्कामार्फत सञ्चालन भएका पूर्वाधार विकासतर्फ १८ आयोजनामध्ये छ वटा  निर्माण गरिएको, सात निर्माणाधीन र सात आयोजना ठेक्का प्रक्रियामा रहेका छन्। यस्तै उपभोक्ता समितिमार्फत सञ्चालित ७० योजनामध्ये ३७ सम्पन्न भइ रकम भुक्तानी गरिएको छ। रासस  

images

प्रकाशित : बिहीबार , जेठ ११ २०८००२:१९

प्रतिक्रिया दिनुहोस
ट्रेन्डिङ