मंगलबार, असार ३ गते २०८२    
मंगलबार, असार ३ २०८२
images
images

पर्यटन बोर्डको सहकार्यमा ८१ जनालाई ३५ दिने ट्रेकिङ गाइड तालिम

images
बिहीबार , जेठ ११ २०८०
images
images
पर्यटन बोर्डको सहकार्यमा ८१ जनालाई ३५ दिने ट्रेकिङ गाइड तालिम
images
images

काठमाडौं-  पर्यटन बोर्ड, एसटीएलआरपी र एनएमएको सहकार्यमा ८१ जनालाई ट्रेकिङ गाइड तालिम दिइएको छ। 

images
images
images

काठमाडौंमा सम्पन्न ३५ दिने ट्रेकिङ गाइड तालिममा सातै प्रदेशका ८१ जना प्रशिक्षार्थीहरूको सहभागिता रहेको थियो। 

images
images

तालिममा सैद्धान्तिक र व्यावहारिक विषयवस्तुको संयोजनसहित ट्रेकिङको सामान्य पर्यटन जानकारी, देशको भूगोल र भूगोल, वातावरण, नेपाली धर्मको इतिहास, अन्तरसांस्कृतिक पर्यटन व्यवहार, पदयात्रा र पर्वतारोहण, पदयात्रामा सुरक्षा र सुरक्षा, जोखिमहरूका बारेमा प्रशिक्षण दिइएको बाेर्डले जनाएको छ। 

images
images
images

पर्यटन क्षेत्रमा भएको जनशक्ति अभाव कम गर्न बोर्डले विभिन्न समयमा यस्ता तालिम आयोजना गरेको र त्यसैको निरन्तरता स्वरुप यो तालिम आयोजना गरिएको र तालिम फलदायी भएको नेपाल पर्यटन बोर्डका कार्यकारी प्रमुख तथा परियोजनाका राष्ट्रिय निर्देशक डा. धनन्जय रेग्मीले जानकारी दिए। यसले रोजगारीको अवसर मिल्नुका साथै स्वरोजगार समेत सिर्जना गर्ने बोर्डको अपेक्षा रहको समेत उनले बताए।

यस्तै नेपाल पर्यटन बोर्डका निर्देशक तथा परियोजनाका राष्ट्रिय कार्यक्रम संयोजक मणिराज लामिछानेले तालिमलाई व्यावहारिक बनाउन शैद्धान्तिक तथा व्यावहारिक कक्षाहरू सञ्चालन गरिएको र यसले तालिम थप प्रभावकारी भएको बताए।

नेपाल पर्वतारोहण पथ प्रर्दशक संघका उपाध्यक्ष तथा अन्तरराष्ट्रिय प्रशिक्षक छिरिङ पाण्डे भोटे, एनएमएका प्रशिक्षक सञ्जय भट्टले ककनीमा प्रयोगात्मक प्रशिक्षण दिएका थिए भने काठमाडौंमा नेपाल पर्वतारोहण प्रशिक्षण प्रतिष्ठान (एनएमए) का कार्यकारी निर्देशक अर्जुन राईसहित विभिन्न विधाका २० जना प्रशिक्षकले तालिम दिएका थिए।

नेपाल पर्यटन बोर्ड र संयुक्त राष्ट्रसंघीय विकास कार्यक्रम युएनडिपीद्वारा संयुक्त रुपमा सञ्चालित परियोजना जिविकोपार्जनका पुनःउत्थानका लागि दिगो पर्यटन परियोजना (एसटीएलआरपी) को सहयोग तथा एनएमएसँगको सहकार्यमा तालिम सम्पन्न भएको हाे। तालिमको सैद्धान्तिक कक्षा एनएमएमा तथा व्यावहारिक कक्षा नुवाकोटको ककनीमा आयोजना गरिएको एनएमएका सूचना अधिकारी हिमाल पण्डितले जानकारी दिए।


प्रकाशित : बिहीबार , जेठ ११ २०८००८:१५

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend