मंगलबार, असार ३ गते २०८२    
मंगलबार, असार ३ २०८२
images
images

युनिक नेपाल लघुवित्तको एफपीओ खुल्यो

images
बिहीबार , जेठ ११ २०८०
images
images
युनिक नेपाल लघुवित्तको एफपीओ खुल्यो

एफपीओमा जेठ १६ गतेसम्म आवेदन दिन सकिनेछ।

images
images

काठमाडौं- युनिक नेपाल लघुवित्त वित्तीय संस्थाले फरदर पब्लिक अफरिङ (एफपीओ) निष्कासन तथा बिक्री खुला गरेको छ। संस्थाले बिहीबारदेखि एफपीओ बिक्री खुला गरेको हो। 

images
images
images

कम्पनीले ३ करोड ७९ लाख ४२ हजार ५०० रुपैयाँ बराबरको प्रतिसेयर १०० अंकित दरका ३ लाख ७९ हजार ४२५ कित्ता एफपीओ निष्कासन गरेको हो। लगानीकर्ताले न्यूनतम १० कित्ताका लागि आवेदन दिनुपर्ने छ भने अधिकतममा एक हजार कित्ताका लागि आवेदन दिन सक्नेछन्।

images
images

एफपीओमा जेठ १६ गतेसम्म आवेदन दिन सकिनेछ। सो अवधिसम्म सम्पूर्ण कित्ताको लागि आवेदन नपरेमा निष्कासन अवधि जेठ २५ गतेसम्म लम्बिनेछ। 

images
images
images

साविकको युनिक नेपाल लघुवित्त वित्तीय संस्था र घोडीघोडा लघुवित्त वित्तीय संस्था मर्जर भई बनेको यस लघुवित्तमा संस्थापक सेयर ९४.०१ प्रतिशत र सर्वसाधारण सेयर ५.९९ प्रतिशत छ। बैंक तथा वित्तीय संस्थाको साधारण सेयर संरचना अधिकतम ७०ः३० र न्यूनतम ५१ः४९ कायम गर्नुपर्ने हुन्छ। मर्जरपछि सर्वसाधारणको सेयर हिस्सा ३० प्रतिशतभन्दा कममा आएका कारण कम्पनीले सर्वसाधारणको सेयर ३० प्रतिशत पुर्‍याउने गरी एफपीओ जारी गरेको हो।

हाल लघुवित्तको चुक्ता पुँजी ११ करोड ६ लाख ३२ हजार ५०० रुपैयाँ रहेको छ। एफपीओ निष्कासनपछि लघुवित्तको चुक्ता पुँजी १४ करोड ८५ लाख ७५ हजार रुपैयाँ पुग्नेछ। जसमा संस्थापक समूहको सेयर स्वामित्व ७० प्रतिशत रहनेछ भने सर्वसाधारणको ३० प्रतिशत रहनेछ।


प्रकाशित : बिहीबार , जेठ ११ २०८००७:१२

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend