मंगलबार, वैशाख १८ गते २०८१    
images
images

टीभीएस एनटर्क : दैनिक १ सय १४ वटा बिक्छ

images
images
images
टीभीएस एनटर्क : दैनिक १ सय १४ वटा बिक्छ

आर्थिक वर्ष २०७७/७८ मा टीभीएसको एनटर्क स्कुटर नेपाली बजारमा ४१ हजार ८ सय २ वटा बिक्री भएको हो। 

images
images

काठमाडौं- केही वर्ष पहिलेसम्म स्कुटर महिलाले चढ्ने वाहनका रुपमा लिइन्थ्यो। अहिले त्यो मानक परिवर्तन भएर स्कुटर ‘युनिसेक्स’ सवारीका रुपमा स्थापित भइसकेको छ। सहरी क्षेत्रमा स्कुटर प्रयोगकर्ताको संख्या बढ्दै गएपछि सवारी उत्पादकहरूले आकर्षक आवरण, शक्तिशाली इन्जिनयुक्त बनाउन थालेका छन्। 

images
images
images

त्यसैले पछिल्लो समय स्कुटर महिलाले मात्र नभइ सबैले रोज्न थालेका छन्। यसको पुष्टि बाटोमा देखिने प्रयोगकर्ता र बिक्री तथ्यांकले गर्छ। नेपाली उपभोक्ताले दर्जनभन्दा बढी स्कुटर मध्येबाट रोजेर खरिद गर्न सक्छन्। 

images

तिनै रोजाइका दर्जनभन्दा बढी स्कुटर मध्येबाट एक वर्षमा ४१ हजारभन्दा बढी उपभोक्ताले रोजेको तथ्यांक छ। आर्थिक वर्ष २०७७/७८ मा टीभीएसको एनटर्क स्कुटर नेपाली बजारमा ४१ हजार ८ सय २ वटा बिक्री भएको हो। 

images

एक वर्षमा ४१ हजार ८ सय २ वटा एनटर्क बिक्री हुँदा दैनिक औषतमा १ सय १४.५२ वटा बिकेको हो। 

images
images

आव २०७७/७८ अन्तिम महिना असारमा २ सय ४० वटा र सुरुको महिना साउनमा ९ सय ६० वटा एनटर्क बिक्री भएको तथ्यांक छ। चैतमा सबैभन्दा धेरै एनटर्क बिक्री भएको थियो। चैतमा मात्र ५ हजार ८ सय ५० वटा एनटर्क बिकेको हो। 

चैतपछि बैशाख र जेठमा क्रमशः ५ हजार ४ सय ४० र ५ हजार ४ सय वटा एनटर्क स्कुटर बिक्री भएको थियो।

नेपाली बजारमा उपलब्ध मोटरसाइकल तथा स्कुटरमध्ये एनटर्क नै सबैभन्दा धेरै बिक्री हुने मोडल हो।

उपभोक्ताको रोजाइमा मोटरसाइकलको साटो स्कुटर परेको छ। केही वर्षअघि पनि स्कुटर नै धेरै रोजाइमा थियो। त्यतिबेला होन्डाको डियो स्कुटर दैनिक ६० वटा बिक्री भएको थियो। 

त्यस्तै २०७७/७८ को भदौमा ३ हजार ५ सय २० वटा, असोजमा ३ हजार ५ सय ६१ वटा, कात्तिकमा ३ हजार ८ सय १७, मंसिरमा २ हजार ४ सय ३२ वटा, पुसमा २ हजार ९ सय २० वटा एनटर्क बिक्री भएको थियो। यसैगरि माघमा ४ हजार ३ सय २० वटा र फागुनमा ३ हजार ३ सय ५२ वटा एनटर्क स्कुटर बिकेको थियो। 

नेपाली बजारमा टीभीएको मोटरसाइकल तथा स्कुटर शंकर समूह अन्तर्गतको जगदम्बा मोटर्सले बिक्री गर्दै आएको छ। कम्पनीले आर्थिक वर्ष २०७७/७८ मा ७१ हजार १ सय ४२ वटा मोटरसाइकल तथा स्कुटर बिक्री गर्दा एनटर्क स्कुटर मात्र ४१ हजार ८ सय २ वटा बेचेको हो। 

२०७८/७८ को पहिलो महिना साउनमा टीभीएसको एनटर्क स्कुटर १ हजार ५४ वटा बिक्री भएको हो। यो भनेको दैनिक ३५ वटा बिकेको हो। एनटर्कको बिक्री अघिल्लो वर्षको सोही अवधिमा ९ सय ६० वटा बिक्री भएको थियो। तर समग्र मोटरसाइकल तथा स्कुटरको बिक्रीमा भने टीभीएसले आफ्नो स्थान गुमाएको छ। 

tvs.png

images

प्रकाशित : मंगलबार, कात्तिक १६ २०७८०५:४५

प्रतिक्रिया दिनुहोस