मंगलबार, असार ३ गते २०८२    
मंगलबार, असार ३ २०८२
images
images

सडकमा बाधा पुर्‍याउने ३४ वटा वर्कसपलाई काठमाडौं महानगरले तिरायो जरिवाना

सहरी व्यवस्थापनबाट एकैदिन झन्डै दुई लाख राजस्व संकलन

images
बिहीबार , जेठ ११ २०८०
images
images
सडकमा बाधा पुर्‍याउने ३४ वटा वर्कसपलाई काठमाडौं महानगरले तिरायो जरिवाना

महानगरले बुधबार कबाडी सामान संकलन गरेर सडकमा अवरोध गर्ने दुई जनालाई पनि १० हजार रुपैयाँ जरिवाना तिराएको छ।

images
images

काठमाडौं- काठमाडौं महानगरपालिकाले सडक आवागमनमा अवरोध गरेर सञ्चालन भएका ३४ वटा मोटरसाइकल वर्कसपलाई ५ हजार रूपैयाँका दरले जरिवाना तिराएको छ।

images
images
images

सहरी व्यवस्थापनमा खटिएका नगर प्रहरीले सडकमा मोटरसाइकल मर्मत गर्ने, मोबिल पोखेर सडक चिप्लो बनाउने, मर्मतका सामान सडक किनारामा राखेर फोहोर बनाउने, मोटरसाइकल सफा गरेको पानी सडकमा पठाएर कालो बनाउने ५५ जनालाई नियन्त्रणमा समेत लिइ जरिवाना तिराएका हुन्। 

images
images

बुधबार नै कबाडी सामान संकलन गरेर सडक आवागमनमा अवरोध गर्ने गरी राख्ने २ जनालाई नियन्त्रणमा लिएर १० हजार रुपैयाँ जरिवाना तिराइएको महानगरले जनाएको छ। महानगरका अनुसार प्रचार वोर्ड बोकेर क्याम्पसमा भर्नाका लागि प्रचार गर्दै हिँडेका १ जनालाई पक्राउ गरी ५ हजार रुपैयाँ जरिवाना तिराइएको छ। 

images
images
images

यसरी सहरी व्यवस्थापनमा अवरोध गर्नेहरुलाई तिराइएको जरिवानाबाट एकै दिनमा १ लाख ८५ हजार रुपैयाँ राजस्व संकलन भएको महानगरले जनाएको छ। 

महानगर प्रहरी बलले सार्वजनिक आवागमन, सहरी सुन्दरता र व्यवस्थापनमा बाधा पुर्‍याउनेलाई नियन्त्रणमा लिइ जरिवाना तिराउने गरेको छ। प्रहरीले अनाधिकृत क्रियाकलापमा संलग्नलाई नियन्त्रणमा लिएर प्रहरी बलमा पठाउने गरेको छ। 


प्रकाशित : बिहीबार , जेठ ११ २०८००६:००

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend