मंगलबार, असार ३ गते २०८२    
मंगलबार, असार ३ २०८२
images
images

झन्डै ३० करोड लागतको हिले-छिन्ताङ त्रिवेणी सडकको काम धमाधम

images
बिहीबार , जेठ ११ २०८०
images
images
झन्डै ३० करोड लागतको हिले-छिन्ताङ त्रिवेणी सडकको काम धमाधम
images
images

भोजपुर- कालोपत्र गर्ने लक्ष्यका साथ भोजपुरमा निर्माण भइरहेको हिले-उत्तरपानी-छिन्ताङ-त्रिवेणी सडकको काम धमाधम भइरहेको छ। दश किलोमिटर लामो सडकको हालसम्म ७० प्रतिशत काम सम्पन्न भएको छ।

images
images
images

पूर्वाधार विकास कार्यालय भोजपुरअन्तर्गत कोशी प्रदेश सरकारको २९ करोड ७२ लाख ९८ हजार ६३ रूपैयाँ लागतमा सडकको निर्माण थालिएको हो। यो सातादेखि पहिलो चरणमा पाँच किलोमिटर सडक कालोपत्र गर्ने लक्ष्य रहेको पूर्वाधार विकास कार्यालय भोजपुरका प्रमुख राजेश्वर महतोले जानकारी दिए।

images
images

यो सडक खण्डको १० किलोमिटरमध्ये यो आर्थिक वर्षमा पाँच किलोमिटर सडक कालोपत्र गरिने महतोले बताए। निर्माण कम्पनी रायामाझी, आजादका प्रतिनिधि प्रेमकुमार मल्लले आगामी पुस महिनाभित्र १० किलोमिटर नै कालोपत्र सक्ने लक्ष्य रहेको बताए।

images
images
images

बर्सातको समयमा यो सडकमा यातायात सञ्चालनमा समस्या हुने गरेको थियो। हिलेबाट त्रिवेणीसम्म करिब २६ किलोमिटर सडकमध्ये १० किलोमिटर कालोपत्र गर्ने लक्ष्यसहित २०७८ असोजमा यो सडकको शिलान्यास गरिएको थियो। रासस


प्रकाशित : बिहीबार , जेठ ११ २०८००५:१४

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend