मंगलबार, असार ३ गते २०८२    
मंगलबार, असार ३ २०८२
images
images

सामाजिक सुरक्षा कोषले किन्ने भयो विद्युतीय स्कुटर, बोलपत्र आह्वान 

images
बिहीबार , जेठ ११ २०८०
images
images
सामाजिक सुरक्षा कोषले किन्ने भयो विद्युतीय स्कुटर, बोलपत्र आह्वान 

बोलपत्रमा भाग लिन इच्छुक कम्पनीले असार १० गते १२ बजेभित्र आवेदन दिनुपर्ने छ।

images
images

काठमाडौं- सामाजिक सुरक्षा कोषले विद्युतीय सवारीसाधन किन्ने भएको छ। कोषले कार्यालय प्रयोजनका लागि विद्युतीय दुई पांग्रे सवारी खरिद गर्न लागेको हो। 

images
images
images

विद्युतीय स्कुटर किन्नका लागि कोषले बिहीबार बोलपत्र आह्वान गरेको छ। कोषले १२ वटा विद्युतीय स्कुटर किन्नका लागि विद्युतीय माध्यमबाट बोलपत्र आह्वान गरेको हो। 

images
images

१२ वटा विद्युतीय स्कुटर खरिदका लागि इच्छुक आपूर्तिकर्ताले ८० हजार रुपैयाँ जमानत राख्नुपर्ने छ। बोलपत्रमा भाग लिन इच्छुक कम्पनीले असार १० गते १२ बजेभित्र आवेदन दिनुपर्ने छ। असार १० गते दिउँसो दुई बजे कोषको कार्यालयमा बोलपत्र खोलिने छ। 

images
images
images

सरकारले विद्युतीय सवारीसाधनको खरिद तथा प्रयोगका लागि प्रोत्साहन गर्ने नीति लिएको छ। आगामी आर्थिक वर्षका लागि गत साता ल्याइएको नीति तथा कार्यक्रममा समेत सरकारी प्रयोजनमा विद्युतीय सवारीलाई खरिदमा प्राथमिकता दिने उल्लेख छ। 

नेपाली बजारमा करिब ५ दर्जन ब्रान्डका विद्युतीय सवारी उपलब्ध रहेका छन्। सहरी क्षेत्रका लागि विद्युतीय स्कुटर उपयुक्त हुने भए पनि केही लामो दुरी र ग्रामीण क्षेत्रका लागि उपयुक्त नभइसकेकाले नेपाली बजारमा विद्युतीय स्कुटरको आम स्वीकार्यता भने भइसकेको छैन।

क्रमिक रुपमा भने यो बढ्दै गइरहेको छ। सरकारी कार्यालयहरुले पनि प्रयोग बढाउँदै जाँदा आम मानिसमा त्यसको प्रभाव पर्नेछ।  


प्रकाशित : बिहीबार , जेठ ११ २०८००४:३५

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend