मंगलबार, असार ३ गते २०८२    
मंगलबार, असार ३ २०८२
images
images

पाँचखाल खानेपानी आयोजना : सात हजार घरमा पानी पुर्‍याइने, लागत १ अर्ब ३४ करोड

images
बिहीबार , जेठ ११ २०८०
images
images
पाँचखाल खानेपानी आयोजना : सात हजार घरमा पानी पुर्‍याइने, लागत १ अर्ब ३४ करोड

कोरोना महामारीलगायत कारणले सामग्री अभाव भएपछि एक वर्ष म्याद थपिएको हो। सरकारले चालु आर्थिक वर्षको बजेट वक्तव्यमा २०७९ सालभित्र काम सक्ने उल्लेख गरेको थियो।  

images
images

काभ्रे- सात हजार घरमा खानेपानी पुर्याउने लक्ष्यकासाथ सुरु गरिएको पाँचखाल बृहत् सहरी खानेपानी तथा सरसफाइ आयोजनाको काम तीव्रगतिमा अघि बढाइएको छ।

images
images
images

विविध कारण आयोजनाको समायावधि एक वर्ष थपिएपछि आउँदो पुस महिनाभित्र सो सम्पन्न हुनेगरि काम अघि बढेको आयोजनाले जनाएको छ।

images
images

विसं २०७६ भदौमा सम्झौता गरिएको सो आयोजनाको काम २०७९ पुस महिनाभित्र सक्नुपर्ने गरी सहरी खानेपानी तथा सरसफाइ (क्षेत्रगत) आयोजना, नगर विकास कोष, पाँचखाल नगरपालिका र खानेपानी उपभोक्ताबीच सम्झौता भएको थियो।

images
images
images

कोरोना महामारीलगायत कारणले सामग्री अभाव भएपछि एक वर्ष म्याद थपिएको हो। सरकारले चालु आर्थिक वर्षको बजेट वक्तव्यमा २०७९ सालभित्र काम सक्ने उल्लेख गरेको थियो।  

नगरको १३ मध्ये १० वडाका लागि उक्त खानेपानी आयोजना सञ्चालनार्थ एक अर्ब ३४ करोड ६६ लाख रुपैयाँमा हुवाइ कन्काई जेभिसँग सम्झौता भएको हो। आयोजना सम्झौताको शर्तानुसार कुल योजनाको पाँच प्रतिशत अर्थात् ११ करोड पाँच लाख उपभोक्ताले जम्मा गरिसकेका छन्। प्रतिउपभोक्ता परिवारले खानेपानी आयोजनाको बैंक खातामा १८ हजार रुपैयाँ जम्मा गरेका छन्। 

हाल आयोजनाको काम ८५ प्रतिशत सकिएको उपभोक्ता समितिका अध्यक्ष कुमार लामिछानेले जानकारी दिए। 'केही स्थानमा पानी परीक्षण समेत गरिएको छ', उनले भने।

दैनिक लगातार २० घण्टा पानी तान्दा ६० लाख ४८ हजार लिटर पानी उपभोग गर्न सकिने बताइएको छ। आयोजना लागु भएको क्षेत्रमा हाल छ हजार ३७ धारा जडान हुने भएका छन्। हालको अवस्थामा प्रतिधारा दैनिक एक हजार एक लिटर पानी आउने छ।  

अध्यक्ष लामिछानेले आयोजनामा हाल दैनिक एक सय ३० कामदार खटिएको बताए। पाँचखालमा खानेपानी व्यवस्थापनका लागि भुम्लु गाउँपालिका-१० विमिरेस्थित सुनकोसी नदी किनारमा इनार तथा लिफ्टिङ प्रविधिका भौतिक पूर्वाधार निर्माणसँगै ढलान तथा ग्राभेल गरी सडक पुर्याउने काम भइसकेको छ। करिब चार हजार घरमा धारा जडानको काम सकिएको लामछिानेले बताए। रासस


प्रकाशित : बिहीबार , जेठ ११ २०८००४:१४

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend