बिहीबार , जेठ ३ गते २०८१    
images
images
images
images

परिसंघमा स्टार्टअप्स अभियान समिति गठन

images
सोमबार, कात्तिक १५ २०७८
images
images
परिसंघमा स्टार्टअप्स अभियान समिति गठन
images
images

काठमाडौं- नेपालमा नवप्रवर्तनकारी व्यवसाय (स्टार्टअप्स)को प्रवर्द्धनका लागि नेपाल उद्योग परिसंघले स्टार्टअप्स अभियान समिति गठन गरेको छ। युवा उद्यमी आयुषी केसीको सभापतित्वमा गठन भएको समितिको संयोजक उपाध्यक्षमा परिसंघका उपाध्यक्ष रोहित गुप्ता रहेका छन्।

images
images
images

नेपालमा स्टार्टअप्सलाई अभियानका रुपमा अघि बढाउने र नवप्रवर्तनकारी व्यवसायलाई अर्थतन्त्रको महत्वपूर्ण अंगको स्थापित गर्ने उद्देश्यसले समिति गठन गरिएको संघको दाबी छ। समितिले नेपालमा स्टार्टअप्सको निरन्तर प्रवर्द्धनको काम गर्ने जनाइएको छ। 

images

कार्यक्रममा परिसंघका अध्यक्ष विष्णुकुमार अग्रवालले स्टार्टअप्सलाई अघि बढाउन सरकारले विभिन्न नीतिगत व्यवस्था गरेको भन्दै त्यसको कार्यान्वयनका लागि समितिले सरकारसँग सहकार्यक्रमा काम गर्न सक्ने बताए। उनले व्यवसायका स्वरुपहरु परिवर्तन भइरहेको बताउँदै नयाँ क्षेत्रहरुमा काम गर्ने सम्भावना रहेको उल्लेख गरे। 

images
images

‘अहिले व्यवसायमा परिवर्तन भइहेका छन्, यसै समितिमार्फत मेन्टरसिपको काम गर्न सकिन्छ,’ उनले भने, ‘सरकारले ५ वटासम्म स्टार्टअप्सलाई १ लाख रुपैयाँका दरले प्रदान गर्न सकिने भनेको छ, त्यसमा पनि यस समितिले काम गर्न सक्छ।’

images
images

यसैगरी परिसंघका उपाध्यक्ष रोहित गुप्ताले यस समितिमार्फत व्यवसायमा आएका नयाँ नयाँ सोचबारे सदस्यहरुलाई जानकारी गराउन सकिने बताए। 

समितिकी सभापति आयुषी केसीले कोरोना महामारीका कारण २५ प्रतिशत स्टार्टअप्स बन्द भएको बताउनुहुँदै यस्ता व्यवसायको सफलताको दर असाध्यै कमजोर रहेको उल्लेख गरे। उनले सन् २०२२ को मार्चभित्रमा नेपालमा स्टार्टअप्स सम्मेलन गर्ने सोच यस समितिको रहेको जानकारी दिए। 

समितिको सहसभापतिमा चाङ अग्रवाल रहेका छन्। यसैगरी समितिको सदस्यहरुमा सागरदेव भट्ट, अमुन थापा, रुपेशकृष्ण श्रेष्ठ, मनिष श्रेष्ठ, प्राची अग्रवाल, तेजिङ गोन्सर डा मनिष थापा, लतिका गोल्यान, शिखर पण्डित, सुमन रायमाझी र इमरान अली रहेका छन्।

images

प्रकाशित : सोमबार, कात्तिक १५ २०७८१२:४६

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2024 All right reserved to biznessnews.com  | Site By : SobizTrend