मंगलबार, असार ३ गते २०८२    
मंगलबार, असार ३ २०८२
images
images

नक्कली भुटानी शरणार्थी प्रकरण : ३० जनाविरुद्ध ठगी र कीर्तेसहित पाँचवटा मुद्दा दर्ता

images
बुधबार, जेठ १० २०८०
images
images
नक्कली भुटानी शरणार्थी प्रकरण : ३० जनाविरुद्ध ठगी र कीर्तेसहित पाँचवटा मुद्दा दर्ता
images
images

काठमाडौं- नक्कली भुटानी शरणार्थी प्रकणमा संलग्न ३० जनाविरुद्ध ठगी र कीर्तेसहित पाँचवटा मुद्दा दर्ता भएको छ। 

images
images
images

जिल्ला सरकारी वकिल कार्यालय काठमाडौंले बुधबार जिल्ला अदालत काठमाडौंमा पक्राउ परेका १६ जनासहित ३० जनाविरुद्ध ठगी, सरकारी कागजात कीर्ते, राज्यविरुद्धको अपराध, संगठित अपराध र एकीकृत कसुरसहित पाँचवटा मुद्दा दर्ता गरेको हो।

images
images

पक्राउ परेका १६ जना र बाँकी फरार रहेका १४ जनागरी कुल ३० जनालाई प्रतिवादी कायम गरी मुद्दा दर्ता गरिएको हो।उनीहरूविरुद्ध २७ करोड ८१ लाख विगोसहित मुद्दा दर्ता गरिएको छ।

images
images
images

यो प्रकरणमा प्रहरीले पूर्वउपप्रधानमन्त्री टोपबहादुर रायमाझी, पूर्वगृहमन्त्री बालकृष्ण खाणसहित हालसम्म १६ जनालाई पक्राउ गरेको छ। नेताद्वय खाँण र रायमाझीसहित तत्कालीन गृहसचिव टेकनारायण पाण्डे, भुटानी शरणार्थी नेता टेकनाथ रिजाल, तत्कालीन गृहमन्त्री रामबहादुर थापा बादलका सुरक्षा सल्लाहकार इन्द्रजित राई, हज समितिका अध्यक्ष शमशेर मियाँ, पूर्वसभासद् आङटावा शेर्पा, तत्कालीन गृहमन्त्री खाँणका स्वकीय नरेन्द्र केसी, सन्दीप रायमाझी, केशव दुलाल, सानु भण्डारी, सन्देश शर्मा, सागर राई, टंक गुरुङ, गोविन्द चौधरी र रामशरण केसी पक्राउ परेका हुन्। 

पक्राउ परेका १६ जना जिल्ला प्रहरी परिसर, काठमाडौं र मातहतका इकाइको हिरासतमा छन्।

प्रहरीले नक्कली शरणार्थी प्रकरणको अनुसन्धान प्रतिवेदन सरकारी वकिलको कार्यालयमा बुझाएको थियो। प्रहरीले झन्डै दुई महिना लामो अनुसन्धानपछि सोमबार प्रतिवेदन बुझाएको हो।

३२ जना संलग्न रहेको निष्कर्ष निकाल्दै प्रहरीले केहीलाई राज्यविरुद्धको, ठगी र संगठित अपराधसहित केहीलाई लिखतसम्बन्धी कसुर (कीर्ते) मा मुद्दा गरी तीन खालका मुद्दा चलाउन समेत प्रहरीले सिफारिस गरेको थियो।

१ सय ६ जना पीडितबाट २३ करोड २५ लाख ठगी भएको भनी उजुरी परेपछि यसमा अनुसन्धान सुरु भएको थियो।


प्रकाशित : बुधबार, जेठ १० २०८०११:०५

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend