मंगलबार, असार ३० गते २०८३    
मंगलबार, असार ३० २०८३

निरन्तर सुधारतर्फ देखियो सेयर बजार, अब नीतिगत साथसँगै उचाइमा पुग्ला?

बुधबार, जेठ १० २०८०
निरन्तर सुधारतर्फ देखियो सेयर बजार, अब नीतिगत साथसँगै उचाइमा पुग्ला?

काठमाडौं- पछिल्लो सातायता सेयर बजार निरन्तर सुधारतर्फ देखिएको छ। उतारचढावमा रहँदै धरमर गरिरहेको बजार सुधारतर्फ देखिएको हो। 

योसाता आइतबार ५.८८ अंकले बढेर १८८३.२० बिन्दुमा पुगेको बजार सोमबार ८.१० अंकले बढेर १८९१.३१ बिन्दुमा पुगेको थियो। मंगलबार ५१.३१ अंकले बढेर बजार १९४२.६३ बिन्दुमा पुगेको थियो। 

बुधबार १६.४९ अंकले बढेर १९५९.१६ बिन्दुमा पुगेको छ। १३१ कम्पनीको सेयर मूल्य बढेको बजारमा १ अर्ब ८७ करोड रूपैयाँको कारोबार भएको छ। 

सरकारले आर्थिक वर्ष २०८०/८१ को नीति तथा कार्यक्रम प्रस्तुत गर्दै पुँजी बजारको संरचनागत सुधार गर्ने घोषणा गरेसँगै लगानीकर्ताहरू अब बजेटका साथै मौद्रिक नीतिमार्फत पनि साथ मिल्ने अपेक्षामा छन्। 

सरकारले पुँजीबजारको विकास र विस्तारको लागि संरचनागत सुधार गरिने घोषणा गरेको छ। पुँजी बजारमा गैरआवासीय नेपालीलाई लगानी खुला गर्ने घोषणा गरेको सरकारले वैदेशिक रोजगारीमा जाने युवाहरूलाई सरकारी ऋणपत्र साथै निजी क्षेत्रका आयोजनाको प्राथमिक सेयरमा लगानी गर्न प्रेरित गरिने पनि उल्लेख गरेको छ।


प्रकाशित : बुधबार, जेठ १० २०८००९:१८

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend