मंगलबार, असार ३ गते २०८२    
मंगलबार, असार ३ २०८२
images
images

तुलसीपुरमा भूमिहिनको जग्गा नाप नक्सांकन सुरू

images
बुधबार, जेठ १० २०८०
images
images
तुलसीपुरमा भूमिहिनको जग्गा नाप नक्सांकन सुरू

पालिकाभित्र अहिले २३ हजार तीन सय २६ जनाको तथ्यांक रहेको छ भने जिल्लामा ७६ हजार तीन सय सात जनाको निवेदन परेको छ।

images
images

दाङ- तुलसीपुर उपमहानगरपालिकाले भूमिहिनको जग्गा नाप नक्सांकनको कार्य सुरु गरेको छ। राष्ट्रिय भूमि आयोग दाङको समन्वयमा उपमहानगरले मंगलबारदेखि जग्गा नाप्न सुरु गरेको हो।

images
images
images

वडा नं ६ बाट नाप नक्सांकन कार्य सुरु गरिएको छ। राष्ट्रिय भूमि आयोग दाङका अध्यक्ष लेखराज रेग्मीले भूमिहिन दलित, भूमिहिन सुकुम्वासी र अव्यवस्थित बसोबासीलाई मध्येनजर गरी जग्गा नापजाँच कार्य अगाडि बढाइएको बताए। निस्सा वितरण भइसकेका र तथ्यांक प्रविष्ट गरिसकेका पालिकामा नापजाँचको काम अगाडि बढेको उनले बताए।

images
images

छिटोभन्दा छिटो भूमिहिनको हातमा लालपुर्जा पुर्‍याउने उद्देश्यले आयोगले काम अगाडि बढाएको भन्दै अध्यक्ष रेग्मीले सबै अधिकार गाउँ कार्यपालिकाको हातमा रहेकाले जग्गाको वर्गीकरणदेखि सार्वजनिक जग्गाको संरक्षणको जिम्मा पनि पालिकाको नै रहेको उल्लेख गरे। पालिकामा लगत प्रविष्टीकरण कार्यमा ढिलाई भएका कारण नापनक्सांकनको कार्यमा ढिलाई भएकाले कार्यान्वयनमा केही समस्या भएको उनको भनाइ थियो।

images
images
images

उपमहानगरपालिका प्रमुख टिकाराम खड्काका अनुसार पालिकाभित्र अहिले २३ हजार तीन सय २६ जनाको तथ्यांक रहेको छ भने जिल्लामा ७६ हजार तीन सय सात जनाको निवेदन परेको छ। रासस


प्रकाशित : बुधबार, जेठ १० २०८००९:११

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend