शुक्रबार, कात्तिक २ गते २०८१    
images
images

तरलता अभावकै बीच बैंकहरूले ३ महिनामै कमाए १८ अर्ब रुपैयाँ, कुनकाे कति?

एनआईसी एशियाको मुनाफा सर्वाधिक 

images
सोमबार, कात्तिक १५ २०७८
images
images
तरलता अभावकै बीच  बैंकहरूले ३ महिनामै कमाए १८ अर्ब रुपैयाँ, कुनकाे कति?

यो आर्थिक वर्षको पहिलो तीन महिनाको वित्तीय विवरण हो ।

images
images

काठमाडौं- चरम तरलता अभावको मौका उठाउँदै २७ वाणिज्य बैंकहरूले चालु आर्थिक वर्षको तीन महिनाकै अवधिमा १८ अर्ब रुपैयाँ मुनाफा आर्जन गरेका छन्। गत आर्थिक वर्षको यही अवधिको तुलनामा बैंकहरूले २३.०४ प्रतिशतले मुनाफा बढाएका छन्। गत वर्षको असोज मसान्तमा बैंकहरूले १४ अर्ब ६२ करोड रुपैयाँ मुनाफा आर्जन गरेका थिए।

images
images
images

यस वर्ष दुई वटा वाणिज्य बैंकहरू पहिलो त्रैमासिक अवधिमै अर्बपति क्लबमा उक्लिएका छन्। गत वर्ष एक अर्बभन्दा धेरै मुनाफा आर्जन गरेको प्राइम कमर्सियल बैंक यस वर्ष ९७ करोड ७९ लाख रुपैयाँमै सीमित भएको छ। 

कोभिड १९ का कारण उद्योग कलकारखाना तथा व्यापार व्यवसायमा ठूलो प्रभाव परेको भनिरहँदा बैंकहरूको मुनाफामा भने उल्लेख्य वृद्धि देखिएको छ। कोभिड १९ ले थलिएका कतिपय ऋणीको धितो लिलाम गरेर भए पनि बैंकहरूले मुनाफा बढाएका छन्। 

images

यस वर्ष सर्वाधिक धेरै एनआईसी एशियाले एक अर्ब १८ करोड रुपैयाँ मुनाफा आर्जन गरेको छ। गएका वर्षमा कर्जा तथा निक्षेपमा अन्य बैंकलाई उछिन्दै आएको एनआईसी एशियाले यस वर्षदेखि मुनाफामा पनि टपेको छ। कहिले राष्ट्रिय वाणिज्य बैंक, कहिले नबिल बैंक त कहिले नेपाल इन्भेष्टमेन्ट बैंक मुनाफामा एक नम्बरमा रहँदै आएकोमा यस वर्षदेखि एनआईसी एशिया पहिलो भएको हो। 

images

दोस्रो नम्बरमा रहेको नबिल बैंकले भने एक अर्ब ११ करोड २३ लाख रुपैयाँ मुनाफा आर्जन गरेको छ। बैंकले गत वर्षको भन्दा ७.३९ प्रतिशतले नाफा बढाउन सफल भएको छ। त्यस्तै तेस्रो नम्बरमा रहेको ग्लोबल आइएमई बैंक भने थोरैले मात्रै तेस्रो भएको छ। बैंकले पनि एक अर्ब ११ करोड २२ लाख रुपैयाँ मुनाफा आर्जन गरेको छ। 

चौथो धेरै मुनाफा आर्जन गर्नेमा सरकारी स्वामित्वको राष्ट्रिय वाणिज्य बैंक रहेको छ। बैंकले २६ प्रतिशतले मुनाफा बढाउदै एक अर्ब ५ करोड रुपैयाँ आर्जन गरेको छ। श्रेणीका हिसाबले सधैँ तल रहने एनएमबी बैंक यसपटक भने पाँचौ नम्बरमा उक्लिएको छ। बैंकले एक अर्ब ४ करोड रुपैयाँ मुनाफा आर्जन गरेको छ। 

प्रतिशतका हिसाबले सबैभन्दा राम्रो सुधार गर्नेमा यसपटक सिभिल बैंक रहेको छ। बैंकले यस वर्ष २०१ प्रतिशतले नाफा बढाएको छ। सधैँ अन्तिममा रहने सिभिल यस पटक भने तीन तह माथि उक्लिएको छ। यस वर्ष सबैभन्दा तल बैंक अफ काठमाण्डू रहेको छ। बैंकको मुनाफा ५ प्रतिशतले बढेर २५ करोड ३४ लाख रुपैयाँमा सीमित भएको छ। 

समग्र बैंकिङ क्षेत्रको मुनाफा २३ प्रतिशतले वृद्धि हुँदा नेपाल बंगलादेश बैंकको भने २७ प्रतिशतले घटेको छ। सेयर बिक्री गरेर गत वर्ष नाफा देखाएको बैंकले यस वर्ष भने खासै नाफा गर्न सकेन। मुनाफा २७ प्रतिशतले घटेर ४१ करोड १६ लाख रुपैयाँमा सीमित भएको छ। प्रभु बैंकको पनि यस वर्ष २५ प्रतिशतले मुनाफामा गिरावट देखिएको छ। यस वर्ष कुमारी र प्राइम कमर्सियल बैंकको मुनाफामा पनि गिरावट आएको देखिन्छ। 

यो आर्थिक वर्षको पहिलो तीन महिनाको वित्तीय विवरण हो। आर्थिक वर्ष सकिन अझै ९ महिना बाँकी छ। यही अनुपातमा आगामी दिनमा पनि मुनाफा बढाउन सकेमा मात्रै अहिलेको वृद्धिले सार्थकता पाउन सक्छ अन्यथा यहि विवरणकै आधारमा मात्रै लगानीको निर्णय गर्दा उचित हुँदैन। 

bank pro.JPG


प्रकाशित : सोमबार, कात्तिक १५ २०७८१२:२०

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2024 All right reserved to biznessnews.com  | Site By : SobizTrend