बिहीबार , असोज ३ गते २०८१    
images
images

७० सहकारीलाई ऋण चुक्ता गर्न स्वरोजगार कोषको आग्रह, ३५ दिनभित्र नबुझाए कालोसूचीमा राख्ने चेतावनी

images
बुधबार, जेठ १० २०८०
images
images
७० सहकारीलाई ऋण चुक्ता गर्न स्वरोजगार कोषको आग्रह, ३५ दिनभित्र नबुझाए कालोसूचीमा राख्ने चेतावनी

सात प्रदेशमध्ये गण्डकीमा सञ्चालनमा रहेका सहकारी यो सूचीमा परेका छैनन्।

images
images

काठमाडौं- युवा तथा खेलकुद मन्त्रालय मातहत रहेको युवा तथा साना व्यवसायी स्वरोजगार कोषले थोक कर्जा सम्झौता गरी लिएको ऋण चुक्ता गर्न ७० सहकारीलाई आग्रह गरेको छ।

images
images
images

कोषले आज एक सार्वजनिक सूचना प्रकाशित गरी कोषलाई बुझाउनुपर्ने साँवा, ब्याज र हर्जाना सहितको सम्पूर्ण रकम ३५ दिनभित्र बुझाउन आग्रह गरेको हो। तोकिएको समयमा रकम नबुझाएमा संस्थाका सञ्चालक समिति, लेखा समिति एवम् कर्जा उप-समितिको तीनपुस्ते विवरणसहित रकम असुलीका लागि कालोसूचीमा राख्ने कोषले चेतावनीसमेत दिएको छ।

ऋण चुक्ता गर्नुपर्ने गरी कोषले निकालेको विवरणानुसार सबैभन्दा धेरै कर्णाली प्रदेशका २८ सहकारी रहेका जनाइएको छ। यसैगरी, कोशी प्रदेशका १४, मधेस प्रदेशका ११, बागमतीका १०, लुम्बिनीका चार तथा सुदूरपश्चिम प्रदेशका तीन सहकारी छन्।

सात प्रदेशमध्ये गण्डकीमा सञ्चालनमा रहेका सहकारी यो सूचीमा परेका छैनन्।

images

थोक कर्जा तिर्न बाँकी सहकारीमध्ये रकम बुझाइ हिसाब मिलान गर्न बाँकी भएमा कोषको सचिवालयमा आवश्यक भौचरसहित हिसाब मिलान गर्न पनि कोषले अनुरोध गरेको छ। रासस


प्रकाशित : बुधबार, जेठ १० २०८००७:५८

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2024 All right reserved to biznessnews.com  | Site By : SobizTrend